को बन्न सक्छ आईपीएलको नयाँ स्टार ? | Khabarhub Khabarhub

को बन्न सक्छ आईपीएलको नयाँ स्टार ?

सनसनीपूर्ण सुरुवात र अस्वाभाविक प्रदर्शनको चर्चा


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा सुरुवाती खेलमा नै केही अस्वाभाविक प्रदर्शन भएका छन्। ती प्रदर्शनले खेल सनसनीपूर्ण बन्दा परिणाम नै परिवर्तन हुने अवस्था आयो। धेरैले क्रिकेटलाई अनिश्चितताको खेलको रूपमा पनि व्याख्या गरेका छन्। कारण प्रस्ट छ, यदाकदा एउटा पक्ष हाबी भइरहेको समयमा एउटै ब्याट्सम्यानको उत्कृष्ट पारी तथा एउटै बलरको एउटा स्पेलले सबै परिणामलाई नै फरक बनाउन सक्छ।

क्रिकेटमा यस्ता धेरै उदाहरण छन्। सन् २०२३ को विश्वकपमा अफगानिस्तानसँग भएको खेलमा हारको नजिक पुगिसकेको अस्ट्रेलियालाई बचाउने काम ग्लेन म्याक्सवेलको दोहोरो शतकले गरेको थियो।

यस सिजनको आईपीएलमा सुरुवाती खेल सबै टोलीले खेली सकेका छन्। यी खेलमा एउटै खेलाडीले परिणाम नै फरक पार्ने प्रदर्शन गरेका छन्।

सुरुवाती खेलमा यसरी सनसनीपूर्ण प्रदर्शन गर्ने खेलाडीको चर्चा गर्दा सनराइजर्स हैदरावादका इशन किसन, चेन्नईका नोर अहमेद, दिल्लीका आशुतोष शर्मा, पञ्जाबका श्रीयश यय्यर र कोलकताका क्विन्टन डे ककको खेललाई बिर्सन सकिँदैन।
यी मध्यका सबै भन्दा चर्चामा रहेका र सबैले सम्झनै पर्ने खेलाडी भने आशुतोष शर्मा नै हुन्।

शर्माले दिल्ली क्यापिटललाई लखनउ सुपर जाइन्टस्सँगको खेलमा हारको नजिक पुगेको अवस्थामा जित दिलाएका थिए। सैयद मुस्ताक अलि ट्रफीमा उनले अरुणाञ्चल प्रदेशविरुद्ध ११ बलमा अर्धशतक प्रहार गरेका थिए। टी-२० मा कम बलमा अर्धशतक प्रहार गर्ने कीर्तिमान समेत उनले कायम गरेका थिए।

शर्माले घरेलु क्रिकेटमै आफ्नो क्षमता बारम्बार पुष्टि गरिसकेका छन्। यसै खेलमा लखनउको तर्फबाट सबै भन्दा उत्कृष्ट बलिङ दिघबेश राठीले गरे। दिल्लीका मिस्ट्री स्पिनर राठीलाई लखनउको टोलीसम्म पुग्न सहयोग गर्ने काम भने आयुष बडानीले गरेका हुन्। यी दुवै दिल्ली लिग र आईपीएलमा एउटै टोलीमा आबद्ध छन्। यस्ता अन्य धेरै खेलाडी छन्। जसले यस सिजनमा स्टार र महँगा खेलाडीलाई छायामा पार्दै खेललाई नयाँ दिशा दिन सक्छन्।

यस्ता खेलाडीमा दुई खेलाडी दिल्ली तथा एक खेलाडी लखनउमा आबद्ध छन्। आशुतोषले लखनउसँग सोमबार भएको खेलमा जित दिलाउने क्रममा सुस्त सुरुवात गरेका थिए। २१० रनको लक्ष्य पछ्याएको टोलीले ६५ रनमा पाँचौँ विकेट गुमाएपछि क्रिकइन्फोको विन प्रेडिक्टरले दिल्लीको जितको सम्भावना २ प्रतिशत भन्दा कम देखाएको अवस्था पनि आइसकेको थियो। १५ ओभर पछिको ५ ओभर भने नाटकीय भएको थियो। त्यसबीचमा उनले ११ बलमा ४६ रन प्रहार गरे। दिल्लीले तीन बल बाँकी रहँदा नै सफलता पाएको थियो। उनले अविजित रहँदै ३१ बलमा ६६ रन प्रहार गरे। सुरुवाती २० बलमा उनले २० रन नै प्रहार गरेका थिए।

सोही खेलमा १५ बलमा ३९ रन प्रहार गरेका विपराज निगम पनि आईपीएलका नयाँ स्टारको रूपमा उदाए। यी दुईको प्रदर्शन धेरै स्टार खेलाडीका लागि पाठको विषय समेत भएको छ। साथै उनले बलिङतर्फ आफ्नो पहिलो ओभरमा नै लखनउका आइडन म्याक्रमलाई आउट गरेका थिए। दोस्रो ओभरमा निकोलास पूरणको क्याच छुटेपछि उनले एकै ओभरमा चार छक्का प्रहार गरे।
यस सिजनको आईपीएलको पाँचौँ खेल पनि त्यत्तिकै अस्वाभाविक भएको छ। पञ्जाब किङ्ले गुजरात टाइटानलाई ११ रनले हरायो। त्यो जित भित्र धेरै कथा कोरिएका छन्।

सो खेलमा शशांक सिंहले शानदार ब्याटिङ गरे। उनले १६ बलमा ४४ रन प्रहार गरे। सिंह तीनै खेलाडी हुन् जसले गत सिजन कलकताविरुद्ध पन्जाबलाई २६२ रनको लक्ष्य हुँदा पनि सनसनीपूर्ण जित दिलाएका थिए। सो यादगार खेलमा उनले २८ बलमा ६८ रन प्रहार गरेका थिए।

प्रियाश आर्यको यस सिजनको सुरुवात पनि बेजोड बन्यो। पञ्जाबका उनले गुजरातसँगको खेलमा पारीको सुरुवात गर्दै २३ बलमा ४७ रन प्रहार गरेका थिए। भारतको यू-१९ विश्वकप खेल्ने टोलीमा समावेश भए पनि आवश्यक भन्दा कम उमेर भएका कारण उनी हटाइएका थिए। त्यसपछि उनले लामो समय सङ्घर्ष गर्नु परेको थियो। यस सिजनको दिल्ली लिगमा उनले उत्कृष्ट प्रदर्शन गरेपछि पन्जाबको आँखामा परेको हुन्।

‘सबै साथीहरू फोन कल आउँदा त मत एक छिन अचम्ममा परेँ,’आईपीएलमा प्रवेश पछिको खुसी व्यक्त गर्दै उनले भने। पञ्जाब र गुजरातको खेलमा विशाल लक्ष्य पछ्याएको गुजरात जिततर्फ उन्मुख थियो। आवश्यक रन रेट १२ र १३ को बिचमा भए पनि गुजरातका ब्याट्सम्यानले त्यसै अनुसार रन प्रहार गरी सकेको समयमा १५ औँ ओभरमा इम्प्याक्ट खेलाडी विजय बस्यक बलिङ गर्न तयार भए। यसअघि पञ्जाबले ६ बलर प्रयोग गरेको थियो। सातौँ बलरको आवश्यकता परेपछि उनलाई टोलीमा आबद्ध गराइएको थियो। उनले ३ ओभरमा २९ रन खर्चे। सो खेलमा डेथ ओभरमा खर्च गरिएको ९ भन्दा कम रन प्रति ओभर नै जितको एउटा आधार बनेको थियो।

यस सिजनमा अझ धेरै खेल बाँकी छन्। धेरै स्टार खेलाडीको उदय हुनेछ। त्यसो त महँगा खेलाडी काम नलागेका पक्कै होइनन्। लोकेश राहुलले चोटका कारण पहिलो खेल गुमाए। बैंकटेस एयर पनि पहिलो खेलमा सफल भएनन्। ऋषभ पन्त पनि पहिलो खेलमा असफल भए। महँगा खेलाडीमा श्रेयास ऐयार, विराट कोहली र आर्सदीप सिंह भने सफल रहे।

त्यसो त सन् २००७ र २००८ को वर्ष भारतीय क्रिकेटमा नयाँ अध्यायको वर्षको रूपमा लिइन्छ। क्रिकेट लोकप्रिय भने सन् १९८३ पछि महत्त्वपूर्ण सफलता पाउन नसकेको भारतीय टोलीले सन् २००७ मा पहिलो टी–२० विश्वकपको आयोजना गरेको थियो।

सन् २००८ मा भारतमा लोकप्रिय फ्रेन्चाइज आईपीएलको सुरुवात भएको हो। क्रिकेटको यो लामो यात्रामा भारतले धेरै सफलता पाएको छ। यो सफलतामा कमसेकम फ्रेन्चाइज आईपीएलको पनि भूमिका छ। हरेक सिजनले केही नयाँ स्टारलाई ‘ब्रेक थ्रू’ दिने गरेको थियो। अपेक्षा छ यस सिजनमा केही नयाँ स्टारको उदय हुने छ। विगतका अन्य संस्करण जस्तै यस आईपीएलले पनि केही नयाँ स्टारलाई पक्कै भारतीय क्रिकेटमा स्थापित गराउने छ।
स्रोतः क्रिक इन्फो, टाइम्स अफ इन्डिया क्रिक बज, इन्डियन एक्सप्रेस

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ८ : १६ बजे

बेलायती प्रधानमन्त्रीद्वारा अनियमित आप्रवासन उन्मूलनमा सघाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

लण्डन- बेलायतका प्रधानमन्त्री किर स्टार्मरले सोमबार अन्तर्राष्ट्रिय समुदायलाई अनियमित आप्रवासन

भोजपुरमा पनि ‘रेडपाण्डा’ संरक्षण अभियान

टक्सार (भोजपुर)– भोजपुरमा पनि लोपोन्मुख हाब्रे ‘रेडपाण्डा’ भेटिन थालेपछि त्यसको

नबिल बैंकको ‘वुमन इन मोसन-एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न

काठमाडौं– नबिल बैंकले काठमाडौंमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालन हुने

काठमाडौं– त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको

सांसद बोहराको पार्थिव शरीर भैरहवा लगियो

काठमाडौं- आज बिहान निधन भएका प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय