प्रधानमन्त्रीसँग चौतारी नयाँ नेतृत्वको भेट : बधाई दिँदै ओलीले भने – संगठनमा भाइरस छिर्न नदिनू « Khabarhub

प्रधानमन्त्रीसँग चौतारी नयाँ नेतृत्वको भेट : बधाई दिँदै ओलीले भने – संगठनमा भाइरस छिर्न नदिनू


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले चौतारीको केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन हुनुले राम्रो सन्देश दिएको बताउँदै अब व्यावसायिक, वैचारिक र साङ्गठनिक काममा सक्रिय हुन आग्रह गरे।

यही चैत १० देखि १२ गतेसम्म विराटनगरमा भएको चौतारीको दसौँ राष्ट्रिय महाधिवेशनबाट गणेश पाण्डेको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएको छ ।

अध्यक्ष ओलीले चौतारीको नेतृत्व चयनका सन्दर्भमा आकाङ्क्षीले आफूूसँग भेट गरे पनि आफूले कसैलाई कुनै पदमा राख्नुु भनेर नतोकेको स्पष्ट गर्दै महाधिवेशनले सहमतिका साथ नेतृत्व चयन गरोस् भन्ने कामना मात्रै राखेको स्मरण गराए ।

प्रधानमन्त्री ओलीले झुठबाहेक केही नबोल्ने र अरुलाई आरोप लगाउनेबाट बचेर देशको समृद्धि र सामाजिक सद्भाव एवं एकताका लागि सञ्चार क्षेत्रबाट योगदान दिनुपर्नेमा जोड दिएका छन् ।

उनले सामाजिक सञ्जालको सही सदुपयोग गर्दै साम्प्रदायिक, जातीय, भाषिक, क्षेत्रीय र लैङ्गिकताका नाममा सङ्गठनभित्र कुनै पनि प्रकारको रोग (भाइरस) छिर्न नदिनेतर्फ सचेत हुन निर्देशन दिएका छन्।

भेटका अवसरमा चौतारीका नवनिर्वाचित अध्यक्ष पाण्डे, निवर्तमान अध्यक्ष गणेश बस्नेत, पूर्व अध्यक्ष राजेन्द्र अर्याल, वरिष्ठ नेता विश्वमणि सुवेदीलगायत सहभागी थिए।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  १० : ०१ बजे

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा