संसदको अवरोध खुलाउने प्रयासमा सभामुख, प्रमुख सचेतकसँग छलफल « Khabarhub

संसदको अवरोध खुलाउने प्रयासमा सभामुख, प्रमुख सचेतकसँग छलफल


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । 

प्रतिनिधिसभामा विपक्षी दलहरूले गरेको अवरोध खुलाउने विषयमा उनी प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका हुन् ।

सभामुख घिमिरे अहिले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफलमा रहेका उनको सचिवालयले जनाएको छ । 

सचिवालयले अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर विपक्षीले माग गरेबमोजिम जवाफ दिने सूचना नरहेको पनि जनाएको छ । 

प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिनुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै बुधबारको बैठक अवरुद्ध गरेका थिए । 

बैठक सुचारु हुन नसकेपछि सभामुख घिमिरेले बिहीबार बिहान ११ बजेका लागि संसद् बैठक बोलाएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ११ : ३३ बजे

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा