मदनकृष्णले भने, ‘सरकारले कुलमान हटाएकोमा जनता खुसी छैनन’ « Khabarhub

मदनकृष्णले भने, ‘सरकारले कुलमान हटाएकोमा जनता खुसी छैनन’


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाएकोमा असन्तुष्टि जाहेर गरेका छन् ।

उनले प्राधिकरणबाट कुलमान हटाउने सरकारको निर्णयले जनता खुसी नभएको बताएका हुन् ।

‘एउटा समारोहमा माइकमा बोल्दै थिएँ बोल्दा बोल्दै आवाज बन्द भयो । बत्ती सबै निभे । लोडसेडिङ भएको थिएन । टुपिनको तार मात्रै छुटेको रहेछ । एक छिन तार मात्रै छुटेर बत्ती निभ्दा पनि सबैले कलमानको नाम लिएका थिए,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘एकै मिनेट बत्ती निभ्दा पनि सबैले सम्झिने नाम– कुलमान घिसिङ ।’

‘हरेक लक्षमी पूजाको दिनमा घर-घरमा झलमल्ल बत्ती बलेको देख्दा सम्झिने विषेश नाम ‘कुलमान घिसिङ’, लोडसेडिङ जस्तो अलोकप्रिय कुरालाई हटाएर लोकप्रिय बन्न सफल व्यक्ति हुन् – ‘कुलमान घिसिङ’, उनले कुलमान सम्झिदै लेखेका छन, ‘नेपालको अँध्यारो रातहरूलाई उज्यालो रात बनाउने ऐतिहासिक नाम हो त, ‘कुलमान घिसिङ’ ।’

केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार मात्रै घिसिङलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई प्राधिकरणमा नियुक्ति गरेकोमा विरोध भइरहेका छन् । यस्तो बेला श्रेष्ठले सरकारलाई झक्झकाउँदै भनेका छन, ‘कुलमान घिसिङजीलाई समय नपुग्दै पदबाट हटाएकोमा जनता खुशी छैनन है सरकार, पटक्कै खुशी छैनन् । तमसोमा ज्योतीर्गमय !’

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  १ : ०२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै