मदनकृष्णले भने, ‘सरकारले कुलमान हटाएकोमा जनता खुसी छैनन’ « Khabarhub

मदनकृष्णले भने, ‘सरकारले कुलमान हटाएकोमा जनता खुसी छैनन’


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाएकोमा असन्तुष्टि जाहेर गरेका छन् ।

उनले प्राधिकरणबाट कुलमान हटाउने सरकारको निर्णयले जनता खुसी नभएको बताएका हुन् ।

‘एउटा समारोहमा माइकमा बोल्दै थिएँ बोल्दा बोल्दै आवाज बन्द भयो । बत्ती सबै निभे । लोडसेडिङ भएको थिएन । टुपिनको तार मात्रै छुटेको रहेछ । एक छिन तार मात्रै छुटेर बत्ती निभ्दा पनि सबैले कलमानको नाम लिएका थिए,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘एकै मिनेट बत्ती निभ्दा पनि सबैले सम्झिने नाम– कुलमान घिसिङ ।’

‘हरेक लक्षमी पूजाको दिनमा घर-घरमा झलमल्ल बत्ती बलेको देख्दा सम्झिने विषेश नाम ‘कुलमान घिसिङ’, लोडसेडिङ जस्तो अलोकप्रिय कुरालाई हटाएर लोकप्रिय बन्न सफल व्यक्ति हुन् – ‘कुलमान घिसिङ’, उनले कुलमान सम्झिदै लेखेका छन, ‘नेपालको अँध्यारो रातहरूलाई उज्यालो रात बनाउने ऐतिहासिक नाम हो त, ‘कुलमान घिसिङ’ ।’

केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार मात्रै घिसिङलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई प्राधिकरणमा नियुक्ति गरेकोमा विरोध भइरहेका छन् । यस्तो बेला श्रेष्ठले सरकारलाई झक्झकाउँदै भनेका छन, ‘कुलमान घिसिङजीलाई समय नपुग्दै पदबाट हटाएकोमा जनता खुशी छैनन है सरकार, पटक्कै खुशी छैनन् । तमसोमा ज्योतीर्गमय !’

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  १ : ०२ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा