आईपीएल क्रिकेट २०२५- यस्ता छन् १० टोली, कसले चुम्ला जेठ ११ मा उपाधि ? | Khabarhub Khabarhub

आईपीएल क्रिकेट २०२५- यस्ता छन् १० टोली, कसले चुम्ला जेठ ११ मा उपाधि ?


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण मार्च २२ अर्थात् चैत ९ बाट सुरु भइसकेको छ । आईपीएलको उपाधिका लागि आगामी मे २५ अर्थात् जेठ ११ मा फाइनल खेल हुने छ ।

प्रतियोगिताअन्तर्गत जम्मा ७४ वटा प्रतिस्पर्धाहरू हुने छन् । जसका लागि भारतका १३ अलग–अलग स्टेडियममा खेल हुँदै छन् ।

कोलकाताको इडन गार्डन स्टेडियममा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरूबीचको उद्घाटन खेलबाट आईपीएलको सुरुवात भइसकेको छ । त्यस खेलमा बेंगलुरूले कोलकातालाई हराइसकेको छ । पहिलो खेलमै साविक विजेता स्तब्ध हुँदा पहिलो उपाधिको खोजीमा रहेको बेंगलुरूले आफुलाई बलियो सावित गरेको छ ।

त्यसैगरी मंगलबार भएको दोस्रो खेलमा विशाल स्कोर बनेको अवस्थामा पञ्जाव किङ्सले गुजरात टाइटन्सलाई ११ रनले हरायो । यो खेलमा पञ्जाव किङ्सले २४३ रनको चुनौती दिएको थियो । तर गुजरात २३२ रनमा समेटिँदै ११ रनले पराजित भयो ।

बुधबार भएको खेलमा कोलकाताले राहत पाएको छ । पहिलो खेलमा बेंगलुरूसँग हारेको कोलकाता दोस्रो खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले हराउन सफल भयो । त्यसैगरी अर्को खेलमा दिल्ली क्यापिटल्सले लखनऊ सुपरजायन्ट्सलाई १ विकेटले हरायो । यो खेलमा पनि स्कोर २०० रनमाथि पुगे‍को थियो ।

अर्कातिर गत आइतबारको खेलमा चेन्नईले मुम्बईलाई ४ विकेटले हराएको थियो । आइतबार नै भएको अर्को खेलमा सनराइजर्स हैदरवादले राजस्थान रोयल्सलाई ४४ रनले हरायो । हैदरावादले यो सिजनकै सबैभन्दा धेरै अर्थात् २८६ रन बनाउँदा राजस्थान २४२ रनमा समेटिँदै हार्न पुगेको थियो ।

अहिलेसम्मको खेलअनुसार राजस्थान रोयल्स दुवै खेलमा हारेको छ । उता केकेआरले १ मा हार र १ मा जित निकालेको छ । अन्य सबै टोलीले एक-एक खेल खेलेका छन् । अहिलेसम्म मुम्बई इन्डियन्स, गुजरात टाइटन्स, लखनऊ र राजस्थानले हार भोगेका छन् ।

यसपटक आईपीएलमा १० टोली सहभागी हुँदैछन् । ती टोलीका कप्तान र खेलाडीहरूको यहाँ चर्चा गरिएको छ ।

रोयल च्यालेन्जर्स बेंगलुरु – रजत पाटीदार (कप्तान), विराट कोहली, यश दयाल, फिल साल्ट (विकेट किपर), लियाम लिविङस्टोन, टिम डेविड, जेकेब बेथेल, रोमारियो शेफर्ड, जोश हेजलवुड, नुवन तुषारा, देवदत्त पडिक्कल, जितेश शर्मा, क्रुणाल पान्ड्या, रसिक डार, मनोज भन्डागे, स्वास्तिक चिकारा, भुवनेश्वर कुमार, सुयश शर्मा, लुंगी एनगिडी, स्वप्निल सिंह, मोहित राठी, अभिनन्दन सिंह ।

चेन्नई सुपर किङ्स – ऋतुराज गायकवाड (कप्तान), महेन्द्रसिंह धोनी (विकेट किपर), डेभोन कोन्वे, राहुल त्रिपाठी, शेख रशीद, वंश बेदी, आन्द्रे सिद्धार्थ, रचिन रवीन्द्र, रविचन्द्रन अश्विन, विजय शंकर, सेम करन, अंशुल कम्बोज, दीपक हुड्डा, जेमी ओवर्टन, कमलेश नागरकोटी, रामकृष्ण घोष, रवीन्द्र जडेजा, शिवम दुबे, खलील अहमद, नूर अहमद, मुकेश चौधरी, गुरजपनीत सिंह, नेथन एलिस, श्रेयस गोपाल, मथिशा पथिराना ।

दिल्ली क्यापिटल्स – अक्षर पटेल (कप्तान), कुलदीप यादव, ट्रिस्टन स्टब्स, अभिषेक पोरेल, केएल राहुल (विकेट किपर), आशुतोष शर्मा, फाफ डुप्लेसी, ह्यारी ब्रुक, जेक फ्रेजर मेक्गर्क, करुण नायर, समीर रिजवी, अजय मण्डल, माधव तिवारी, मानवन्त कुमार, त्रिपूर्ण विजय, डोनोवन फरेरा, दर्शन नलकण्डे, दुष्मन्ता चमिरा, मिचेल स्टार्क, मोहित शर्मा, मुकेश कुमार, टी नटराजन, विपराज निगम ।

कोलकाता नाइट राइडर्स – रिंकु सिंह, वरुण चक्रवर्ती, आन्द्रे रसल, सुनिल नरेन, हर्षित राणा, रमनदीप सिंह, अजिंक्य रहाणे (कप्तान), अंगकृष रघुवंशी, मनिष पान्डे, अनुकूल रोय, मोइन अली, रोवमन पावेल, वेन्कटेश अय्यर, लवनिथ सिसोदिया, क्विन्टन डिकक (विकेट किपर), रहमानुल्लाह गुरबाज, एनरिक नोर्खिया, मयङ्क मार्केन्डेय, स्पेन्सर जोनसन, उमरान मलिक, वैभव अरोडा ।

गुजरात टाइटन्स – राशिद खान, शुभमन गिल (कप्तान), साई सुदर्शन, शाहरुख खान, राहुल तेवतिया, शेरफेन रदरफोर्ड, अरशद खान, ग्लेन फिलिप्स, करिम जनत, महिपाल लोमरोर, निशान्त सिन्धु, साई किशोर, वाशिंगटन सुन्दर, अनुज रावत, जोस बटलर (विकेट कीपर), कुमार कुशाग्र, जेराल्ड कोएत्जी, गुरनूर बराड, इशान्त शर्मा, जयन्त यादव, कागिसो रबाडा, कुलवन्त खेजरोलिया, मानव सुथार, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा ।

लखनऊ सुपर जायन्ट्स – ऋषभ पन्त (कप्तान), निकोलस पुरन (विकेट कीपर), आयुष बडोनी, मोहसिन खान, रवि बिश्नोई, मयङ्क यादव, अब्दुल समद, डेविड मिलर, हिम्मत सिंह, युवराज चौधरी, एडेन मार्करम, अर्शिन कुलकर्णी, दिग्वेश सिंह, मिचेल मार्श, शहबाज अहमद, आर्यन जुयाल, मेथ्यु ब्रित्जके, आकाश दीप, आकाश सिंह, आवेश खान, एम सिद्धार्थ, प्रिन्स यादव, राजवर्धन हंगरेकर, शमार जोसेफ ।

मुम्बई इन्डियन्स – जसप्रीत बुमराह, हार्दिक पान्ड्या (कप्तान), तिलक बर्मा, सूर्यकुमार यादव, रोहित शर्मा, अल्लाह गजनफर, अर्जुन तेन्दुलकर, अश्वनी कुमार, बेवन ज्याकब्स, दीपक चाहर, कर्ण शर्मा, लिजाद विलियम्स, मिचेल सेन्टनर, नमन धीर, राज बावा, रिस टोप्ली, रोबिन मिन्ज, रायन रिकल्टन (विकेट किपर), सत्यनारायण राजु, श्रीजीत कृष्णन, ट्रेन्ट बोल्ट, विग्नेश पुथुर, विल ज्याक्स ।

पञ्जाब किङ्स – श्रेयस अय्यर (कप्तान), शशांक सिंह, प्रभसिमरन सिंह (विकेट किपर), ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, निहाल वडेरा, मार्को यानसेन, हरप्रीत बरार, अर्शदीप सिंह, युजवेन्द्र चहल, जोश इन्गिल्स, आरोन हार्डी, अजमतुल्लाह उमरजई, प्रियांश आर्य, पाइला अविनाश, जेवियर बार्टलेट, प्रविण दुबे, लकी फग्र्युसन, मुशीर खान, कुलदीप सेन, सूर्यांश शेडगे, हरनूर सिंह, यश ठाकुर, वैशाख विजयकुमार, विष्णु विनोद ।

राजस्थान रोयल्स – यशस्वी जायसवाल, सञ्जु स्यामसन (कप्तान), ध्रुव जुरेल (विकेट किपर), रियान पराग, शिमरन हेटमायर, सन्दीप शर्मा, कुणाल सिंह राठौड, नितिश राणा, शुभम् दुबे, वैभव सूर्यवंशी, वानिन्दु हसरंगा, आकाश मधवाल, अशोक शर्मा, फजलहक फारूकी, जोफ्रा आर्चर, कुमार कार्तिकेय, क्वेना मफाफा, महिश तीक्षणा, तुषार देशपान्डे, युद्धवीर सिंह ।

सनराइजर्स हैदरावाद – पेट कमिन्स (कप्तान), हेनरिक क्लासन (विकेट किपर), अभिषेक शर्मा, ट्रेविस हेड, नितिश कुमार रेड्डी, एडम ज्याम्पा, ईशान किशन, मोहम्मद शमी, हर्षल पटेल, राहुल चाहर, अभिनव मनोहर, सिमरजीत सिंह, ईशान मलिङ्गा, ब्रायडन कार्स, जयदेव उनादकट, कामिन्डु मेन्डिस, जिशान अन्सारी, अनिकेत वर्मा, अथर्व ताइडे, सचिन बेबी ।

कहाँ–कहाँ हुँदैछ खेल ?

अरुण जेटली स्टेडियम, नयाँ दिल्ली
बरसापारा क्रिकेट स्टेडियम, गुवाहाटी
इकाना क्रिकेट स्टेडियम, लखनऊ
एसीए–भीडीसीए क्रिकेट स्टेडियम, विशाखापट्टनम
ईडेन गार्डन्स, कोलकाता
हिमाचल प्रदेश क्रिकेट एसोसिएशन स्टेडियम, धर्मशाला
एम. चिन्नास्वामी स्टेडियम, बेंगलुरु
एम. ए. चिदम्बरम स्टेडियम, चेन्नई
नरेन्द्र मोदी स्टेडियम, अहमदावाद
न्यु पीसीए स्टेडियम, मोहाली
राजीव गान्धी इन्टरनेशनल स्टेडियम, हैदरावाद
सवाई मानसिंह स्टेडियम, जयपुर
वानखेडे स्टेडियम, मुम्बई

२०२४ मा फर्किँदा

आईपीएल २०२४ संस्करणको लिग प्रतिस्पर्धापछि कोलकाता नाइट राइडर्स २० अंकका सात अंक तालिकाको शीर्ष स्थानमा थियो । सनराइजर्स हैदरावादले १७ अंकका साथ दोस्रो स्थान बनाएको थियो ।

राजस्थान रोयल्सको टीम पनि १७ अंकका साथ तेस्रो हुँदा रोयल च्यालेन्जर्स बेंगलुरुको टीम १४ अंकका साथ अंक तालिको चौथो स्थानमा थियो ।

लिगपछि शीर्ष चार टीमबीचको ‘नक आउट’ प्रतिष्पर्धामा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादले फाइनल यात्रा तय गरेका थिए ।

फाइनल प्रतिस्पर्धामा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रोपल्ट आईपीएल ट्रफी उचालेको थियो ।

आईपीएल २०२४ का सफल खेलाडी

आईपीएल २०२४ मा रोयल च्यालेजर्स बेंगलुरुका लागि खेलेका विराट कोहली सबैभन्दा बढी रन बनाएर ‘ओरेन्ज क्याप’ जित्न सफल भएका थिए । उनले १५ खेलमा ६१.७५ को औसतबाट ७४१ रन बनाएका थिए ।

चेन्नई सुपर किङ्सका ऋतुराज गायकवाड सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीको दोस्रो नम्बरमा रहन सफल भए । उनी १४ खेलमा ५३ को औसतबाट ५८३ रन बनाए ।

तेस्रो स्थानमा राजस्थान रोयल्सका रियान पराग थिए । परागले १६ खेलमा ५२.०९ को औसतमा ५७३ रन जोडे ।

बलिङतर्फ पञ्जाब किङ्सका हर्षल पटेलले १४ खेलमा २४ विकेट लिएर ‘पर्पल क्याप’ आफ्नो नाममा गरेका थिए ।

कोलकाता नाइट राइडर्सका वरुण चक्रवर्ती १५ खेलमा २१ विकेट हासिल गर्दै सबैभन्दा बढी विकेट लिने बलरको सूचीमा दोस्रो भएका थिए । जसप्रीत बुमराहले १३ खेलमा २० विकेट लिएका थिए ।

२००८ देखि २०२४ सम्मका विजेता

सन् २००८ – राजस्थान रोयल्स
सन् २००९ – डेक्कन चार्जर्स
सन् २०१० – चेन्नई सुपर किङ्स
सन् २०११ – चेन्नई सुपर किङ्स
सन् २०१२ – कोलकाता नाइट राइडर्स
सन् २०१३ – मुम्बई इन्डियन्स
सन् २०१४ – कोलकाता नाइट राइडर्स
२०१५ – मुम्बई इन्डियन्स
सन् २०१६ – सनराइजर्स हैदराबाद
सन् २०१७ – मुम्बई इन्डियन्स
सन् २०१८ – चेन्नई सुपर किङ्स
सन् २०१९ – मुम्बई इन्डियन्स
सन् २०२० – मुम्बई इन्डियन्स
सन् २०२१ – चेन्नई सुपर किङ्स
सन् २०२२ – गुजरात टाइटन्स
सन् २०२३ – चेन्नई सुपर किङ्स
सन् २०२४ – कोलकाता नाइट राइडर्स

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  २ : ४२ बजे

गृहमन्त्री भन्छन्- तीनकुने घटनाले राजावादीको चरित्र उदाङ्गियो

काठमाडौं– गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधि र सरकारप्रति प्रश्न

साधारण तारिखमा छुटे स्वागत नेपाल

काठमाडौं– राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल साधारण

हिन्दु परम्परालाई मान्ने नेपालीको संस्कृति हो : देउवा

डडेल्धुरा– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली समाज

पक्राउ परे तीनकुनेबाट प्रहरीको बन्दुक खोस्ने युवा

काठमाडौं– गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको हिंश्रक प्रदर्शनका क्रममा

रवीन्द्र मिश्रसहितलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र