पुटिनबारे जेलेन्स्कीको गैरजिम्मेवार टिप्पणी- उनी चाँडै मर्नेछन् « Khabarhub

पुटिनबारे जेलेन्स्कीको गैरजिम्मेवार टिप्पणी- उनी चाँडै मर्नेछन्


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबारे गैरजिम्मेवार टिप्पणी गरेका छन् ।

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनसँगको भेटपछि पेरिसमा पत्रकारहरूसँगको कुराकानीमा उनले पुटिनबारे गैरजिम्मेवार टिप्पणी गरेका हुन् ।

कुराकानीका क्रममा जेलेन्स्कीले रूसी राष्ट्रपति पुटिन ‘चाँडै मर्ने’ दाबी गरे । ‘उनी (पुटिन) चाँडै मर्नेछन्, र यो तथ्य हो,’ युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने । पछिल्लो समय पुटिनको स्वास्थ्य अवस्थाबारे अनेक अफवाह चलिरहेका छन् ।

पछिल्लो समय ७२ वर्षीय पुटिनको अनुहार सुन्निएको, खुट्टा काम्ने र आँखा रातो भएको देखिएको थियो । यसले पनि ती अड्कलबाजीलाई थप बल पुगेको ‘डेली मेल’ले समाचारमा उल्लेख गरेको छ ।

सन् २०२२ मा भएको एउटा चर्चित घटनामा राष्ट्रपति पुटिन तत्कालीन रक्षामन्त्री सर्गेई शोइगुसँगको बैठकमा कुर्सीमा लडिरहेको, टेबल समातेर बसेको र बोल्दा अस्पष्ट भएको दृष्य देखिएको देखिएको थियो ।

त्यस्तै, उनलाई लगातार खोकी लाग्ने, हात–खुट्टा अनियन्त्रित रूपमा हल्लिनेजस्ता समस्या भएका समाचार पनि छापिएका थिए । रूसी राष्ट्रपति पुटिनलाई कतिपय अवसरमा खोच्याउँदै हिँडेको देखिएको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  २ : २४ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको