विदेशी सवारी साधनमा २५ प्रतिशत थप कर लगाउने ट्रम्पको घोषणा « Khabarhub

विदेशी सवारी साधनमा २५ प्रतिशत थप कर लगाउने ट्रम्पको घोषणा


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटो आयात र पार्टपूर्जामा चर्को कर लगाउने घोषणा गरेका छन् । अमेरिकाका व्यापारिक साझेदारहरूले ट्रम्पको पछिल्लो कर नीतिको प्रतिकार गर्ने चेतावनी दिएका छन्।
 
ट्रम्पको बुधबार अपरान्हको घोषणाअघि वाल स्ट्रिटमा गिरावट आएको छ भने विश्वको सबैभन्दा बढी बिक्री हुने अटोमेकर टोयोटाको मूल्य तीन प्रतिशतभन्दा बढीले घटेको छ ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले टोकियोले ‘सबै प्रकारका प्रतिकारात्मक उपायहरू विचार गरिरहेको’ बताउनुभएको छ भने क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको करलाई आफ्नो देशका कामदारहरूमाथि ‘सीधा आक्रमण’ को संज्ञा दिएका छन् । 

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पनि आफ्नो देश ‘स्थिर रहन नसक्ने’ बताए । 

ओभल अफिसमा आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भने, ‘संयुक्त राज्य अमेरिकामा नबनेका सबै कारहरूमा २५ प्रतिशत कर लाग्ने गरी हामीले निर्णय लिएका छौँ।’

घोषणामा भनिएको छ, ‘यो शुल्क अमेरिकी समय अनुसार अप्रिल ३ राति १२ः०१ बजे पछि लागू हुनेछ र यसले विदेशमा निर्मित कार र हल्का ट्रकहरूलाई असर गर्नेछ । अटोमोबाइलका मुख्य पार्टपुर्जाहरू पनि एक महिनाभित्रै प्रभावित हुनेछन् ।’

ट्रम्पले क्यानडा र युरोपेली सङ्घले संयुक्त राज्य अमेरिकालाई ‘आर्थिक क्षति’ पुर्‍याउन मिलेर काम गरेमा ‘हालको योजना भन्दा धेरै ठूलो मात्रामा कर लगाउने चेतावनी दिए । 

ट्रम्पका व्यापार र उत्पादनका लागि वरिष्ठ परामर्शदाता पिटर नाभारोले ट्रम्पको घोषणापछि पत्रकारसँगको एक साक्षात्कारमा ‘विदेशी व्यापार छली’ को आलोचना गर्दै यसले अमेरिकाको विनिर्माण क्षेत्रलाई ‘न्युन ज्यालामा काम गर्ने विदेशीका लागि सुरक्षित गरेको बताए । 

उनले जर्मनी र जापानले उच्च मूल्यका पार्टपुर्जाको निर्माणलाई आफ्नो देशमा नै केन्द्रित गरेको र सस्तो उपकरण निर्यात गरेको भन्दै आलोचना गरे। 

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  २ : ५१ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा