मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता « Khabarhub

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादव तथा नेपालका लागि जापानका राजदूत माएदा तोरूबीच आज शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा मन्त्री यादवले जापानका लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न थप प्रोत्साहन गर्न आग्रह गरेका थिए।

मन्त्री यादवले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी भित्र्याउने अपार सम्भावना रहेको बताउँदै जापानका लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रेरित गर्न विशेष आग्रह गरे। 

उनले भने, ‘नेपाल सरकारले विदेशी लगानीकर्ताहरूको लगानीको सुरक्षा सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।  जापानी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न सहज वातावरण बनाउन हामी कटिबद्ध छौँ ।’

मन्त्री यादवले नेपाल–जापान सम्बन्ध ऐतिहासिक रूपमा निकै प्रगाढ रहेको उल्लेख गर्नु हुँदै सन् १९५६ मा स्थापना भएको कूटनीतिक सम्बन्ध यतिखेर झन् बलियो र मैत्रीपूर्ण बन्दै गएको बताए ।

 उनले भने, ‘भूकम्प लगायत विभिन्न प्राकृतिक विपत्तिहरूमा जापानी जनता, सरकार, गैरसरकारी संस्था तथा विश्वविद्यालयहरूबाट प्राप्त सहयोगप्रति नेपाल सरकार तथा नेपाली जनता आभारी छन् । नेपालले सदैव जापानसँगको आपसी हित र सहकार्यलाई उच्च महत्व दिँदै आएको छ ।’

मन्त्री यादवले जापान सरकारले विगतदेखि नै नेपालका खानेपानी परियोजनाहरूमा महत्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै सन् १९७६ देखि पाल्पाको तानसेन खानेपानी परियोजना, सन् १९९३ मा काठमाडौँको महांकलचौरमा पानी प्रशोधन केन्द्र निर्माण तथा सन् २०१८ मा मेलम्ची खानेपानी आयोजना अन्तर्गत प्रशोधन केन्द्र निर्माणमा जापानी अनुदान रहेको जानकारी गराए।

 त्यस्तै, पोखरा महानगरपालिकाको खानेपानी सुधार परियोजना तथा हालसालै विराटनगर महानगरपालिकामा सञ्चालित खानेपानी सुधार कार्यमा पनि जापान सरकारको महत्वपूर्ण भूमिका रहेकोमा उहाँले जापान सरकारलाई विशेष धन्यवाद दिएका थिए ।

सोही अवसरमा राजदूत माएदा तोरूले जापान सरकार नेपालमा विगतदेखि नै विभिन्न विकासका परियोजनाहरूमा संलग्न रहँदै आएको र आगामी दिनमा पनि नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। 

उनले भने, ‘नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने हेतुले हामी नेपाल सरकारसँग सहकार्य गर्दै जानेछौँ ।’

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  २ : ५७ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत