कुलमान र राजावादीको समर्थनमा उफ्रिएका अमेरिकी पक्राउ, भन्थे- मेरो देश छैन, पृथ्वी नै घर हो « Khabarhub

कुलमान र राजावादीको समर्थनमा उफ्रिएका अमेरिकी पक्राउ, भन्थे- मेरो देश छैन, पृथ्वी नै घर हो


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा माइतीघरमण्डलमा प्रदर्शनमा उत्रिएका एकजना विदेशी नागरिक पक्राउ परेका छन् ।

सुरूमा कुलमान घिसिङको समर्थनमा पम्प्लेटसहित माइतीघरमा देखिएका उनी त्यसलगत्तै राजावादीको पोस्टर बोकेर पनि प्रहरीसँग भिड्न आइलागे ।

केही बेरमै कुलमानको पक्षमा त केही बेरमै राजावादीको पक्षमा दौरासुरुवालसहित प्रदर्शनमा उत्रिएका उनी अहिले पक्राउ परेका छन्

आफूलाई अमेरिकी नागरिक बताउने उनलाई प्रहरी वृत्त, सिंहदरबारका डीएसपी गङ्गाप्रसाद पौडेल नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

अहिले उनलाई प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ । उनले सुरूमा आफू कुनै पनि देशको नभएको बताएका थिए । तर प्रहरीले सोधपुछ गर्दा उनले अमेरिकी नागरिकका रुपमा परिचित गराए । जुली नामका उनले आफ्नो उमेर ५८ वर्ष रहेको पनि खुलाए ।

टुटेफुटेको नेपाली, हिन्दी र राम्रोसँग अंग्रेजी बोल्ने उनले नेपालमा राजनीतिक गतिविधि गरेपछि डिपोर्टमा पर्न सक्छन् । उनी पर्यटक भिसामा अमेरिकी राहदानी लिएर नेपाल आएको खुलेको छ । नेपालमा उनी ओभरस्टे भएको पनि देखिएको छ ।

डीएसपी पौडेलका अनुसार ती अमेरिकी नागरिकले ओरिजिनल राहदानी ल्याउने बताएका छन् । ओभरस्टे भएको अवस्थामा पनि उनी अध्यागमन कानुन अनुसार डिपोर्ट हुन सक्छन् । नेपालको कानुनले कुनै पनि विदेशीलाई यहाँ राजनीतिक गतिविधिमा संलग्न हुन निषेध गरेको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ३ : ५८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै