कुलमान र राजावादीको समर्थनमा उफ्रिएका अमेरिकी पक्राउ, भन्थे- मेरो देश छैन, पृथ्वी नै घर हो « Khabarhub

कुलमान र राजावादीको समर्थनमा उफ्रिएका अमेरिकी पक्राउ, भन्थे- मेरो देश छैन, पृथ्वी नै घर हो


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा माइतीघरमण्डलमा प्रदर्शनमा उत्रिएका एकजना विदेशी नागरिक पक्राउ परेका छन् ।

सुरूमा कुलमान घिसिङको समर्थनमा पम्प्लेटसहित माइतीघरमा देखिएका उनी त्यसलगत्तै राजावादीको पोस्टर बोकेर पनि प्रहरीसँग भिड्न आइलागे ।

केही बेरमै कुलमानको पक्षमा त केही बेरमै राजावादीको पक्षमा दौरासुरुवालसहित प्रदर्शनमा उत्रिएका उनी अहिले पक्राउ परेका छन्

आफूलाई अमेरिकी नागरिक बताउने उनलाई प्रहरी वृत्त, सिंहदरबारका डीएसपी गङ्गाप्रसाद पौडेल नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

अहिले उनलाई प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ । उनले सुरूमा आफू कुनै पनि देशको नभएको बताएका थिए । तर प्रहरीले सोधपुछ गर्दा उनले अमेरिकी नागरिकका रुपमा परिचित गराए । जुली नामका उनले आफ्नो उमेर ५८ वर्ष रहेको पनि खुलाए ।

टुटेफुटेको नेपाली, हिन्दी र राम्रोसँग अंग्रेजी बोल्ने उनले नेपालमा राजनीतिक गतिविधि गरेपछि डिपोर्टमा पर्न सक्छन् । उनी पर्यटक भिसामा अमेरिकी राहदानी लिएर नेपाल आएको खुलेको छ । नेपालमा उनी ओभरस्टे भएको पनि देखिएको छ ।

डीएसपी पौडेलका अनुसार ती अमेरिकी नागरिकले ओरिजिनल राहदानी ल्याउने बताएका छन् । ओभरस्टे भएको अवस्थामा पनि उनी अध्यागमन कानुन अनुसार डिपोर्ट हुन सक्छन् । नेपालको कानुनले कुनै पनि विदेशीलाई यहाँ राजनीतिक गतिविधिमा संलग्न हुन निषेध गरेको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ३ : ५८ बजे

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।