महेश बर्तौला भन्छन्- कुलमानको विषय अदालतमा गइसक्यो, सदन अवरुद्ध गर्नु अनुचित  « Khabarhub

महेश बर्तौला भन्छन्- कुलमानको विषय अदालतमा गइसक्यो, सदन अवरुद्ध गर्नु अनुचित 


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुलमान घिसिङको विषय अदालतमा गइसकेकाले सदन अवरुद्ध गर्नु उचित नभएको बताएका छन् ।  

बिहीबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले अदालतमा प्रवेश गरेको विषयलाई सदनमा उठान गर्नु संविधानविपरीत भएको समेत बताए । 

प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न दिन्न भनेर विपक्षी दलले संविधानविपरीतको काम गरेको उनले बताए । उनले कुलमानका विषयमा विभागीय मन्त्री वा उपप्रधानमन्त्रीले जवाफ दिने जानकारी गराए पनि विपक्षी दलले अस्वीकार गरेको जानकारी दिए।  

विपक्षी दलको क्रियाकलाप सरकारले ल्याएको प्रतिस्थापन विधेयकलाई निष्क्रिय बनाउनका लगाउनका लागि उद्धत देखिएको उनको भनाइ छ । 

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ४ : ५९ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको