महेश बर्तौला भन्छन्- कुलमानको विषय अदालतमा गइसक्यो, सदन अवरुद्ध गर्नु अनुचित  « Khabarhub

महेश बर्तौला भन्छन्- कुलमानको विषय अदालतमा गइसक्यो, सदन अवरुद्ध गर्नु अनुचित 


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुलमान घिसिङको विषय अदालतमा गइसकेकाले सदन अवरुद्ध गर्नु उचित नभएको बताएका छन् ।  

बिहीबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले अदालतमा प्रवेश गरेको विषयलाई सदनमा उठान गर्नु संविधानविपरीत भएको समेत बताए । 

प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न दिन्न भनेर विपक्षी दलले संविधानविपरीतको काम गरेको उनले बताए । उनले कुलमानका विषयमा विभागीय मन्त्री वा उपप्रधानमन्त्रीले जवाफ दिने जानकारी गराए पनि विपक्षी दलले अस्वीकार गरेको जानकारी दिए।  

विपक्षी दलको क्रियाकलाप सरकारले ल्याएको प्रतिस्थापन विधेयकलाई निष्क्रिय बनाउनका लगाउनका लागि उद्धत देखिएको उनको भनाइ छ । 

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ४ : ५९ बजे

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको

‘पार्टीले आधिकारिकता पाइसक्यो, भिन्न मत राख्न जरुरी छैन’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम गर्दै