पोखराबाट अपहृत अमेरिकी महिलाको हेटौंडाबाट उद्धार, नुवाकोटकी सरिता लामा पक्राउ « Khabarhub

पोखराबाट अपहृत अमेरिकी महिलाको हेटौंडाबाट उद्धार, नुवाकोटकी सरिता लामा पक्राउ


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकजना अमेरिकी नागरिकलाई मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आएको अवस्थामा पोखराबाट अपहरण गरी बन्धक बनाएको अभियोगमा एकजना महिला पक्राउ परेकी छन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–४ बस्ने ३७ वर्षीया सरिता लामालाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्नो साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमण आई कास्की पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटलमा बस्दै गरेकी ७० वर्षीया अमेरिकी महिलाको सोमबार अपहरण गरी फिरौतीस्वरूप ३ लाख युरो मागेको आरोपमा उनी पक्राउ परेकी हुन् ।

अपहरण भएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट ती महिलाको सकुशल उद्दार गरेको छ।

पक्राउ परेकी सरिताविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ६ : ४१ बजे

रोसिङ्टनले शतक हान्दा कर्णालीलाई पोखराले दियो २ सय २ रनको विशाल लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २

पोखराका आडम रोसिङ्टनले कर्णालीविरुद्ध हाने शतक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सका आडम रोसिङ्टनले शतक

लुम्बिनीको रिक्त प्रदेशसभा सदस्यमा रेवती गुरुङ

तुलसीपुर– लुम्बिनी प्रदेशसभामा रिक्त रहेको प्रदेशसभा सदस्य पदमा रेवती गुरुङलाई

हात्ती महोत्सवमा हात्तीमाथिको यातना रोक्न सन्नी लियोनीको आग्रह

काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रूरता

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सले दोस्रो विकेट गुमाएको