कुलमानलाई बर्खास्त गरेपछि ऊर्जामन्त्रीको सुरक्षामा थपियो प्रहरी « Khabarhub

कुलमानलाई बर्खास्त गरेपछि ऊर्जामन्त्रीको सुरक्षामा थपियो प्रहरी


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई यही सोमबार बर्खास्त गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको सुरक्षामा कडा बनाइएको छ ।

खड्काको सुरक्षाका लागि सरकारले थप सुरक्षाकर्मी खटाएको हो । घिसिङलाई हटाउने सरकारी निर्णयविरुद्ध नागरिकस्तरमा सडकमा आन्दोलन बढेपछि सम्भावित जोखिम हुन नदिन खड्काका लागि सुरक्षा बढाइएको हो ।

मन्त्री खड्काका लागि अगुवा गाडीसहित थप सुरक्षाकर्मी तैनाथ गरिएको छ । पछिल्लो समय सुरक्षाका कारण खड्का सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम पनि स्थगित गर्न थालिएको छ।

बिहीबार मात्रै मन्त्री खड्का नयाँ बानेश्वरस्थित संसद् भवनमा कडा सुरक्षा घेरामा थिए । त्यसक्रममा उनलाई सञ्चारकर्मीले सोधे, ‘कुलमानलाई हटाउने निर्णयविरुद्ध जनताको आक्रोश देख्नुभएको छ ?,’ उनले जवाफमा भने, ‘त्यस्तो लाग्दैन, उहाँ (कुलमान)भन्दा राम्रो मान्छे राख्या छौँ ।’

खड्काको सिफारिसमा कुलमानलाई हटाएर पूर्वप्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई सरकारले प्राधिकरणमा ल्याएको छ।

सरकारले कुलमानलाई हटाउने निर्णय गरेपछि चर्को विरोध भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री खड्काको पुत्लासमेत जलाइएको छ।

प्राधिकरणको केन्द्रीय कार्यालय भवन, रत्नपार्क र माइतीघरमा सरकारविरुद्ध प्रदर्शन भएको छ । उता प्रतिपक्षीले संघीय संसद्का दुवै सदनमा अवरोध जारी राखेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ७ : ५२ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत