पोखरामा भलिबल प्रतियोगिता हुँदै « Khabarhub

पोखरामा भलिबल प्रतियोगिता हुँदै


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

कास्की – लायन्स क्लबले अन्तरराष्ट्रियस्तरमा १०७औँ र नेपालमा ५३औँ वर्ष पूरा भएको अवसरमा पोखरामा अन्तरराष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सामाजिक सेवामा समर्पित लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ‘एम’, नेपालले पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कोर्टमा आगामी वैशाख १८ देखि २२ गतेसम्म पहिलोपटक अन्तरराष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ‘एम’का डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले प्रतियोगितामा विदेशीसहित कुल छ टोलीको सहभागिता रहने जानकारी दिए । प्रतियोगितामा गण्डकी प्रदेश भलिबल सङ्घ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, र पाकिस्तान भलिबल क्लब इस्लामावादको सहभागिता रहने छन् भने इरान र भारतको टोलीसँग समन्वय भइरहेको छ ।

उनले भने, “पाकिस्तान र नेपालको गरी पाँच वटा टोलीको सहभागिता निश्चित भएको छ । बाँकी एक टोलीका लागि भारत र इरानी टोलीसँग कुराकानी भइरहेको छ । त्यो पनि छिट्टै टुङ्गो हुन्छ ।”

प्रतियोगिताको विजेता टोलीले रु चार लाख ४४ हजार ४४४ शिल्ड, मेडल तथा ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु दुई लाख ४४ हजार ४००, शिल्ड, मेडल तथा ट्रफी हात पार्नेछ । तृतीय हुने टोलीले रु एक लाख ४४ हजार ४४४ शिल्ड, मेडल तथा ट्रफीद्वारा पाउनेछन् ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  १० : १२ बजे

सङ्घीयतामाथिको प्रहार र खर्च कटौतीको भ्रम: खेलको नियम नै बदलौँ

नेपालको समकालीन राजनीतिमा एउटा बडो रोचक, विरोधाभासपूर्ण र नियोजित राजनीतिक

विश्वकपबाट बाहिरिने पक्का भएपछि इक्वेडरका यी खेलाडीले किन पाए रातो कार्ड

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोविरुद्धको खेलमा पराजय भोग्दै

विश्वकप : इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार १५७ सवारीचालकलाई सवारी नियम

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले आज पदको सपथ लिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय