पोखरामा भलिबल प्रतियोगिता हुँदै « Khabarhub

पोखरामा भलिबल प्रतियोगिता हुँदै


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

कास्की – लायन्स क्लबले अन्तरराष्ट्रियस्तरमा १०७औँ र नेपालमा ५३औँ वर्ष पूरा भएको अवसरमा पोखरामा अन्तरराष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सामाजिक सेवामा समर्पित लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ‘एम’, नेपालले पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कोर्टमा आगामी वैशाख १८ देखि २२ गतेसम्म पहिलोपटक अन्तरराष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ‘एम’का डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले प्रतियोगितामा विदेशीसहित कुल छ टोलीको सहभागिता रहने जानकारी दिए । प्रतियोगितामा गण्डकी प्रदेश भलिबल सङ्घ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, र पाकिस्तान भलिबल क्लब इस्लामावादको सहभागिता रहने छन् भने इरान र भारतको टोलीसँग समन्वय भइरहेको छ ।

उनले भने, “पाकिस्तान र नेपालको गरी पाँच वटा टोलीको सहभागिता निश्चित भएको छ । बाँकी एक टोलीका लागि भारत र इरानी टोलीसँग कुराकानी भइरहेको छ । त्यो पनि छिट्टै टुङ्गो हुन्छ ।”

प्रतियोगिताको विजेता टोलीले रु चार लाख ४४ हजार ४४४ शिल्ड, मेडल तथा ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु दुई लाख ४४ हजार ४००, शिल्ड, मेडल तथा ट्रफी हात पार्नेछ । तृतीय हुने टोलीले रु एक लाख ४४ हजार ४४४ शिल्ड, मेडल तथा ट्रफीद्वारा पाउनेछन् ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  १० : १२ बजे

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो : गृहमन्त्री अर्याल

 सुर्खेत – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा ७२

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

हेटौँडा– उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’