वर्षाले खेल रोकिएपछि कमजोर बन्यो केकेआरको प्ले अफ सम्भावना : पञ्जाबसँग अंक बाँडियो « Khabarhub

वर्षाले खेल रोकिएपछि कमजोर बन्यो केकेआरको प्ले अफ सम्भावना : पञ्जाबसँग अंक बाँडियो


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्षाले पञ्जाब किंग्स सँगको खेल अवरुद्ध भएपछि साबिक विजेता कलकत्ता नाइट राइडर्सको यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) प्ले अफ प्रवेशको सम्भावना न्यून बनेको छ।

शनिबार भएको खेलमा २०२ रनको लक्ष्य पछ्याएको कलकत्ताले पहिलो ओभरमा ७ रन जोडेपछि वर्षाले खेल रोकिएको थियो।
बराबरीपछि कलकत्ता ७ अङ्क सहित सातौँ स्थानमा छ। यसैगरी पन्जाब ११ अङ्क सहित चौथो स्थानमा छ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले चार विकेटको क्षतिमा २०१ रन जोडेको थियो। पन्जाबका प्रियांश आर्य र सिंहले पहिलो विकेटका लागि १२० रनको साझेदारी गरे। आर्यले ३५ बलमा ६९ तथा प्रभ्सीरमनले ४९ बलमा ८३ रन जोडे।

स्लो पिचमा सुनिल नारायण र वरुण चक्रवर्तीले कुल ८ ओभरमा ७४ रन खर्चिए। यसैगरी स्लो बल विशेषज्ञ हर्षित रानाले ओभरमा २७ रन खर्चिए। प्रभ्सीरमनले आफूले सामना गरेको अन्तिम १७ बलमा ४९ रन जोडे। उनले कप्तान श्रेयास ऐयारसँग ४० रनको साझेदारी गरे। ऐयारले सो साझेदारीमा ५ रनको योगदान गरेका थिए। प्रभ्सीरमन आउट भएपछि आक्रामक बनेका ऐयारले अविजित रहँदै १६ बलमा २५ रन बटुले।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ५ : ५९ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको