रियललाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रे कपको उपाधि « Khabarhub

रियललाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रे कपको उपाधि


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोनाले कोपा डेल रे कपको उपाधि जितेको छ। आइतबार बिहान भएको फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई अतिरिक्त समयमा ३-२ को अन्तरले हराएको हो।

अतिरिक्त समय सकिन चार मिनेट बाँकी रहँदा बार्सिलोनाका लागि जुलोस कुन्डेले गोल गरे। यसअघि ८४ औँ मिनेटसम्म २-१ ले पछि परेको बार्सिलोनालाई खेलमा फर्काउने क्रममा फेरान टोरेसले गोल गरेका थिए। लामिन यमालले दिएको पासमा उनले गोल गरेका थिए।

२८ औँ मिनेटमा पेड्रीको सानदार गोलमा बार्सिलोना अघि बढेको थियो। संसारका दुई शक्तिशाली दुई टोलीको खेल तनावमय थियो। सो खेलमा केलिएन एम्बाप्पेले फ्रिकिकमा गोल गर्दै रियललाई खेलमा फर्काएका थिए। त्यसको सात मिनेटपछि नै एसियल थाउचेमेनीले रियलका लागि गोल गरेका थिए।

इन्जुरी समयको अन्तिम मिनेट अझ नाटकीय बनेको थियो। राफिन्हा बक्समा लडेपछि पछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिने निर्णय गरे पनि भिएआरमा हेरेर निर्णय उल्ट्याइएको थियो। अभिनय गरेको आरोपमा राफिन्हालाई पहेँलो कार्ड समेत देखाइको थियो।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ६ : १२ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने