मातातीर्थ औंशीमा प्रधानमन्त्री ओलीले सम्झिए आमा « Khabarhub

मातातीर्थ औंशीमा प्रधानमन्त्री ओलीले सम्झिए आमा


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको आमाको मुख हेर्ने दिन अर्थात आमा खुवाउने औंशी । 

नेपालभरी तथा नेपाली हिन्दुभाषीहरू बिचमा यो कार्यक्रम आमालाई सम्झेर तथा आमालाई मिठा मिठा खाने कुरा खुवाएर मनाइने गरिन्छ ।

यसैबिचमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस दिनको सम्झना गरेका छन् ।

 ‘मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ। मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो।’

उनले लेखेका छन, ‘आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन। आमाको मुहार धमिलो सम्झनामा आइरहेछ। यस पावन दिनमा सम्पूर्ण आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्दछु। आमा पृथ्वीको प्रत्यक्ष स्वरूप हुनुहुन्छ। सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस्। शुभकामना ।’ 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ६ : ५३ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत