सर्लाही भन्सारमा राजस्व संकलन घट्यो « Khabarhub

सर्लाही भन्सारमा राजस्व संकलन घट्यो


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बरहथवा– जिल्ला भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैतसम्म ४१ करोड बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८१-८२ को चैतसम्म कुल रु ४१ करोड ७४ लाख ३३ हजार ४३३ राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत ठाकुर आचार्यले जानकारी दिए । यस आवको नौ महिनामा चार महिनामात्र भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गरेको छ । पाँच महिना लक्ष्यभन्दा कम राजस्व संकलन भएको उनले बताए। 

भन्सारबाट हाल संकलन भएको राजस्व लक्ष्यको ९५.०४ प्रतिशतमात्र हो । आवको सुरु महिना साउनमा लक्ष्यको १११.०८ प्रतिशत अर्थात् रु चार करोड ९४ लाख ४१ हजार ५५५ संकलन भएको थियो । दोस्रो महिना भदौमा लक्ष्यको अत्यधिक कम ४३.७१ प्रतिशत अर्थात् रु दुई करोड १३ लाख ७५ हजार ६३८ मात्र राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ ।

यस्तै असोजमा लक्ष्यको ६७.२२ प्रतिशत अर्थात् रु दुई करोड ८० लाख ५३ हजार ८४५ राजस्व संकलन भएको छभने कात्तिकमा ९०.९३ प्रतिशत रु चार करोड १८ लाख १७ हजार ६३१, मङ्सिरमा १२४.३१ प्रतिशत रु छ करोड ७२ लाख ४९ हजार २९४, पुसमा अहिलेसम्मकै धेरै १२७.३७ प्रतिशत अर्थात् रु छ करोड ७९ लाख नौ हजार ६०१ संकलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्यांकनुसार माघमा लक्ष्यको ११७.७५ प्रतिशत अर्थात् रु पाँच करोड ९३ लाख ४६ हजार ८२८, फागुनमा ९२.५८ प्रतिशत अर्थात् रु चार करोड ९३ लाख २९ हजार र चैतमा लक्ष्यको ७१.७८ प्रतिशत अर्थात् रु तीन करोड ६५ लाख ७१ हजार ५१० राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत डम्बरबहादुर बस्नेतले जानकारी दिए। यस वर्ष तरकारी आयात गत वर्षको भन्दा कम भएकाले राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको उनले बताए।

यस भन्सार कार्यालयबाट प्लाइ निर्यात हुने गरेको छभने प्लाइ उद्योगका लागि आवश्यक सामग्री, थोरै मात्रामा धान, तरकारीलगायत सामान आयात हुँदै आएको छ ।
 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : ३७ बजे

चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गरेको ट्रम्पको दाबी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको निर्वाचनसम्बन्धी डाटामा घुसपैठ गरेको

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३-८४ लाई ‘शैक्षिक

तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौं– बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना

२३ अर्ब बक्यौता तिरेर जुर्मुराउँदै स्वास्थ्य बीमा : संकट टार्न सुविधा थैलीमा कटौती

काठमाडौँ – आम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान

पहिरो पन्छाइएपछि नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं- लगातारको वर्षापछि विभिन्न स्थानमा पहिरो खसेर प्रभावित नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ