प्रवक्ता महतद्वारा कस्मिरमा हिन्दुमाथि भएको हमलाको निन्दा « Khabarhub

प्रवक्ता महतद्वारा कस्मिरमा हिन्दुमाथि भएको हमलाको निन्दा


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दाङ –नेपाली काँग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री माननीय डा. प्रकाश शरण महतले भारतको कस्मिरमा भएको हिन्दु लक्षित आतंककारी हमलाको निन्दा गरेका छन्। 

पार्टीको कार्यक्रमको सिलसिलामा दाङ पुगेका प्रवक्ता महतले आज घोराहीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।

 उनले भने, ‘भारतको कस्मिरमा हिन्दुहरुलाई लक्षित गरेर अत्यन्त दर्दनाक किसिमको आतंककारी हमला भयो, यो चाहिँ जघन्य अपराध हो र जो कोही यसको पछाडि छन यो आतंकमा संलग्न छन तिनीहरूलाई कडा भन्दा कडा कारवाही हुनुपर्यो, यो आतंककारी हमलामा हाम्रो नेपाली नागरिक पनि मारिएका छन्। उनी लगायत सम्पूर्ण मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजनमा गहिरो संवेदना प्रकट गर्दछु, यो घटनमा हामी भारत र भारतीय जनताको साथमा छौ।’ 

प्रवक्ता महतले यस्तो खाले आतंकवादका विरुद्ध सारा विश्व एक हुने पर्ने पनि बताएका छन्।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ९ : ४२ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत