जुम्लामा मह उत्पादनको तथ्यांक राखिने « Khabarhub

जुम्लामा मह उत्पादनको तथ्यांक राखिने


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जुम्ला– यहाँको कनकासुन्दरी गाउँपालिका-१का मौरीपालक किसानलाई सीपमूलक तालिमसहित आवश्यक सामग्री वितरण गरिएको छ । 

दस जना मौरीपालक किसानलाई पाँचदिने तालिम सहित आवश्यक सामग्री वितरण गरिएको कनकासुन्दरी –१ का वडाध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिए । 

 उनले भने, ‘वडाको रु एक लाख बजेटबाट मौरीपालनबाट जीविकोपार्जन गर्ने किसानलाई उक्त तालिम दिएको हो ।  यी गाउँहरू मह उत्पादनमा यहाँका स्थानीय तहका गाउँभन्दा अगाडि रहेको छ ।’ 

वडालाई मौरी पकेट क्षेत्र घोषणा गरिने छ । वडाभर अहिले पाँच सय चार मौरीघार रहेको वडाध्यक्ष भण्डारीको भनाइ छ । 

कर्णाली मौरीपालन सहकारी संस्था लिमिटेडका जिल्ला सचिव नारायण चौलागाईँले गुणस्तरीय मह उत्पादनका अवसर, चुनौती, प्रशोधन, लेबलिङ र प्याकेजिङमा मौरीपालक किसानको भूमिकाबारे तालिमका सहभागीलाई सिकाएको जानकारी दिए । आत्मनिर्भर बन्न व्यावसायिक सीपमूलक तालिमको अतिआवश्यक रहेको कनकासुन्दरी गाउँपालिका–१ मौरीपालक किसान चन्द्रबहादुर भण्डारीले जानकारी दिए ।

जिल्लामा ‘सेराना’ जातको मौरी पालिन्छ । यहाँका आठवटै स्थानीय तहका किसानले पछिल्लो समय मौरीपालनमा आकर्षित हुन थालेका छन्  । कर्णाली मौरीपालन सहकारीका अनुसार जिल्लामा आठ हजार बढी मौरीघार छन् । जिल्लामा मह उत्पादनको तथ्यांक राख्न सकिएको छैन । अब आउने आर्थिक वर्षमा यहाँका सबै स्थानीय तहबाट उत्पादन हुने महको सही तथ्यांक संकलन गरिने कर्णाली मौरीपालन सहकारी संस्थाले जनाएको छ । यहाँको चन्दननाथ नगरपालिका–२ खोलीकोटका रामकृष्ण बुढ्थापा २०५२ सालदेखि अहिलेसम्म मौरीपालनमा सक्रिय छन् । दुई घारबाट व्यवसाय सुरु गरेका बुढ्थापाले अहिले एक सय ५० मौरी घार छन्  ।  

पछिल्ला वर्षहरूमा रोग, कीरा र जङ्गली जनावरबाट मौरी बचाउन नसकेको बताए । जिल्लामा हिउँदमा प्रायः चिसोले मौरी मर्ने गरेका छन् । पछिल्लो वर्षमा परागसेचन गर्ने (मौरीले मह बनाउने याम) जेठदेखि साउनमा मर्न थालेपछी मौरीका घार घट्दै गएका छन् । 

कम लगानीमा बढी आम्दानी लिन सकिने भए पनि समयानुकूल घार नहुनु, उपकरण प्राप्त नहुनु, सीप प्रविधिको कमी, विषादीको प्रयोग, चरन क्षेत्रको अभाव, वनजङ्गल नासिँदै जानु, जलवायु परिवर्तनजस्ता कारणले मोरीपालक किसानले चुनौती भोग्नुपरेको मौरीपालन किसान बुढ्थापाको भनाइ छ ।
 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ९ : ५५ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा