सिरहा-उदयपुरका विकट बस्तीलाई जोड्ने कच्ची ‘ट्रयाक’ खुल्यो | Khabarhub Khabarhub

सिरहा-उदयपुरका विकट बस्तीलाई जोड्ने कच्ची ‘ट्रयाक’ खुल्यो


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोलबजार– सिरहा–उदपुरपर जोड्ने कच्ची ट्रयाक खुलेपछि  आवतजावत सुरु भएको छ । पहाड फोडेर सडकको ट्रयाक खुलेसँगै दुई जिल्लाका स्थानीयका बीच सहज भएको हो । 

सिरहाको धनगढीमाई नगरपालिका–१४ गागन बस्ती र उदयपुरको कटारी नगरपालिका–५ सलहेश डाँडासम्म जोडिने सडक धनगढीमाई–१४ वडा कार्यालयले बनाएपछि दुईवटै जिल्लाका सो भेगका विकट बस्ती नजिएका छन् । 

सुगम जिल्लाका रूपमा रहेका सिरहाको धनगढीमाई–१४ सडक नहुँदा दुर्गम भेगका रूपमा रहेको थियो । सडक बाटो, खानेपानी, बिजुलीको अभाव झेल्दै आएका यहाँका स्थानीयले स्थानीय तह पुनर्गठन भएसँगै आधारभुत सुविधा विस्तारै परिपूर्ति हुन थालेको छभने खानेपानीको अभाव अहिले पनि झेलिरहेका छन् ।

धनगढीमाई-१४ वडा कार्यालयले आर्थिक वर्ष २०८०-८१ र २०८१-८२ मा गरी रु ३० लाख बजेटबाट सात मिटर चौडाइको कच्ची बाटो बनाएको थियो ।   सोही वडाका दुर्गम क्षेत्रका रूपमा रहेको सलहेस फेदको बस्ती अमले, गागन सिरानका स्थानीय र उदयपुर–५ सलहेस डाँडाका स्थानीयलाई पूर्वपश्चिम लोकमार्गको वडा नं १० जिरोमाइल बजार नजिक भएको छभने धनगढीमाईका स्थानीयका लागि मदनभण्डारी राजमार्ग पुग्न सजिलो भएको छ । धनगढीमाईकै गागन बस्तीबाट तीन किलोमिटर उत्तर उदयपुरको मदनभण्डारी राजमार्ग रहेको छ ।

सो सडक धनगढीमाईको वडा नं १० जिरोमाइल हाथीढुङ्गा, अमलेधोवान, करुढोका र गागनखोला हुँदै सरेखोलाको भित्तेपानीको पश्चिम सलहेस डाँडा कटारी नगरपालिका–५ सम्म हुँदै मदन भण्डारी मार्गमा जोडिन्छ । कटारी–५ का विश्वास तमाङले सिरहाको पूर्व–पश्चिम लोकमार्ग जान सिरहाकै मर्चैया वा सप्तरीको कदमहा बजार जाने घुमाउरो बाटो प्रयोग गर्नुपर्ने थियो, अब सो बाध्यता हटेको उनले बताए।

धनगढीमाई–१४ का वडाध्यक्ष अमित ठकुरीले यो सडक निर्माणले वडावासीका लागि यतायातमा सहजता भएको बताए। दुई जिल्लाको बाटोको दूरी छोट्याउने र व्यापार प्रयोजनका लागि पनि उत्तिकै महत्त्वपूर्ण भएको उनले जानकारी दिए  । सो सडक हिउँद बर्खामा सञ्चालन लागि तत्काल १० कल्भर्ट र दुई पुलको आवश्यकता रहेको जनाइएको छ। 

धनगढीमाई–१४ का जनक मोते परियारले भने सडक निर्माणले गाउँमा आवतजावत गर्न सहज भएको बताए । धनगढीमाई नगरपालिकाका इञ्जिनियर गङ्गाप्रसाद यादवले सडक निर्माणले विकासको मूलधारबाट टाढा रहेका बस्तीका  लागि सहजता थपिएको बताए।
 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १० : ४६ बजे

संसदमा पर्यटनमन्त्रीले भने- नेपाल हवाई सेवा प्राधिकरण विधेयक संस्था टुक्र्याउने होइन

काठमाडौं–  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल

सगरमाथा चढ्ने तयारीमा रहेका असई छन्त्याललाई प्रधानमन्त्रीले गरे बिदाइ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवर्द्धनका लागि

अर्थतन्त्रका चुनौती यथावत छन्, सङ्कटग्रस्त अवस्थामै छौँ : कामु गभर्नर ढुङ्गाना

काठमाडौं– नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर डा नीलम ढुङ्गाना तिम्सिनाले

ट्रम्पको चेतावनीपछि ग्रीनल्याण्डका प्रधानमन्त्री डेनमार्क भ्रमणमा

कोपेनहेगन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वशासित क्षेत्रमाथि नजर लगाएका

शिक्षकमाथि सरकारको अपमान पीडादायी र आपत्तिजनक : चन्द्र भण्डारी

काठमाडौं- सरकारले आइतबार शिक्षकहरूमाथि दमन गरेपछि चौतर्फी विरोध भएको छ