शिक्षकहरूलाई नधम्काउन शिक्षक महासंघको आग्रह « Khabarhub

शिक्षकहरूलाई नधम्काउन शिक्षक महासंघको आग्रह


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई नेपाल शिक्षक महासंघले आग्रह गरेको छ।

बिगत २६ दिन देखी विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी शिक्षकहरूलाई स्थानीय तहले विभिन्न सूचना निकालेर काममा फर्किन निर्देशन दिन थाले पछि शिक्षक महासंघले यस्तो आग्रह गरेको हो ।

हाल सरकारसँग वार्तामा समेत रहेको शिक्षक महासंघले शनिबार विज्ञप्ति जारी गर्दै काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूलाई नधम्क्याउन आग्रह गरेको हो।
 
आन्दोलनमा सहभागी भएका प्रधानाध्यापक तथा कर्मचारीलाई धम्क्याउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेकाले त्यस्ता काम नगर्न महासंघले विज्ञप्तिमार्फत आग्रह गरेको हो।

नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौँका सडकमा प्रदर्शन केन्द्रित गरिरहेको छ ।


 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १० : ५२ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै