ठाकुर गैरेको माग- ज्ञानेन्द्र शाह र उनका सचिवलाई तत्काल कारबाही होस् « Khabarhub

ठाकुर गैरेको माग- ज्ञानेन्द्र शाह र उनका सचिवलाई तत्काल कारबाही होस्


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का नेता एवम् प्रतिनिध सभा सदस्य ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहले कानुनी राज्यको उपहास गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

पूर्वराजा भारतको जम्मू–काश्मीरस्थित पहलगाममा गत मंगलबार दिउँसो भएको चरमपन्थी हमलामा मृत्य भएकाको परिवारप्रति समवेदना प्रकट गर्ने सन्दर्भमा सार्वजनिक गरेको विज्ञप्तिलाई लिएर नेता गैरेले आपत्ति जनाएका हुन् ।

नेता गैरेले ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेव’ भनेर लेखिनु नेपालको संविधान र संसदको सर्वोच्चताविरुद्ध हुने बताए ।

‘नेपालको आजको व्यवस्थामा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेव’ भन्ने कहाँ छ ? यो लेख्न कसरी सकिन्छ ? पाइन्छ कि पाइँदैन । यो संसद्को सर्वोच्चता, संविधानको सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन ? त्यो गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन ?’ उनले प्रश्न गरे ।

पूर्वराजा ज्ञानेन्द्र र उनका संवाद सचिव डा.फणिराज पाठकलाई तत्काल कानुनी कारबाही गरिनुपर्ने नेता गैरेले बताए ।

‘संवाद सचिवका रुपमा नाम रहेका फणिन्द्रराज पाठक र यो समवेदना लेख्नका लागि बक्सने ज्ञानेन्द्र शाहलाई नेपालको संविधान र कानुनबमोजिम तत्काल कारबाही गरियोस्,’ गैरले भनेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १२ : २८ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित