ठाकुर गैरेको माग- ज्ञानेन्द्र शाह र उनका सचिवलाई तत्काल कारबाही होस् « Khabarhub

ठाकुर गैरेको माग- ज्ञानेन्द्र शाह र उनका सचिवलाई तत्काल कारबाही होस्


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का नेता एवम् प्रतिनिध सभा सदस्य ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहले कानुनी राज्यको उपहास गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

पूर्वराजा भारतको जम्मू–काश्मीरस्थित पहलगाममा गत मंगलबार दिउँसो भएको चरमपन्थी हमलामा मृत्य भएकाको परिवारप्रति समवेदना प्रकट गर्ने सन्दर्भमा सार्वजनिक गरेको विज्ञप्तिलाई लिएर नेता गैरेले आपत्ति जनाएका हुन् ।

नेता गैरेले ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेव’ भनेर लेखिनु नेपालको संविधान र संसदको सर्वोच्चताविरुद्ध हुने बताए ।

‘नेपालको आजको व्यवस्थामा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेव’ भन्ने कहाँ छ ? यो लेख्न कसरी सकिन्छ ? पाइन्छ कि पाइँदैन । यो संसद्को सर्वोच्चता, संविधानको सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन ? त्यो गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन ?’ उनले प्रश्न गरे ।

पूर्वराजा ज्ञानेन्द्र र उनका संवाद सचिव डा.फणिराज पाठकलाई तत्काल कानुनी कारबाही गरिनुपर्ने नेता गैरेले बताए ।

‘संवाद सचिवका रुपमा नाम रहेका फणिन्द्रराज पाठक र यो समवेदना लेख्नका लागि बक्सने ज्ञानेन्द्र शाहलाई नेपालको संविधान र कानुनबमोजिम तत्काल कारबाही गरियोस्,’ गैरले भनेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १२ : २८ बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा