शान्तिकालपछि निस्क्रिय रहेका क्षेत्रीय मोर्चा ब्युँताउँदै माओवादी « Khabarhub

शान्तिकालपछि निस्क्रिय रहेका क्षेत्रीय मोर्चा ब्युँताउँदै माओवादी


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा (माओवादी केन्द्र)ले जनयुद्धकालमा सक्रिय रहेका २०६३ सालको शान्ति प्रक्रियापछि निस्क्रिय रहेका क्षेत्रीय मोर्चाहरू ब्युँताउन थालेको छ ।

जनयुद्धकालमा २०५७ सालमा गठन गरिएको भेरी कर्णाली राष्ट्रिय मुक्ति मोर्चालाई ब्युँताएर ‘कर्णाली राष्ट्रिय मोर्चा’ को गठन यही बैशाख १२ गते गरेको हो ।  भेरी कर्णाली राष्ट्रिय मुक्ति मोर्चा २०५७ सालमा गठन गरेर २०६३ सालदेखि निस्क्रिय रहेको थियो । पुनः माओवादी केन्द्रले क्षेत्रीय संगठन निर्माणको प्रक्रियालाई अगाडि बढाएको छ । यस पुर्नगठनले माओवादीमा गुम्दै गरेको जनमतलाई बढाउने विश्वास लिएको छ । 

माओवादी केन्द्रका महासचिव देव गुरूङको प्रमुख आतिथ्यतामा यसको गठन भएको हो । यसको मोर्चाको अध्यक्षमा गणेश भण्डारी, सह–संयोजकमा खड्कराज सेजुवाल र २३ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् । इन्चार्जमा नरेश भण्डारीलाई तोकिएको छ । 

कर्णालीलाई समृद्ध र विकसित मातृ प्रदेशको रुपमा स्थापित गर्ने लक्ष्यका साथ अगाडी बढ्ने उद्देश्य रहेको मोर्चाका इन्चार्ज भण्डारीले बताए ।

 ‘हिजोको केन्द्रीकृत राज्यबाट उपेक्षामा परेको कर्णालीका मुद्दा अहिले पनि ज्यूँ त्यूँ रहेका छन्,’ उनले भने,‘विगतमा मुद्दा अहिले त्यही रहेका कारणले यो मोर्चाको आवश्यकता रहेको हो ।’ 

विगतको कर्णाली राज्यको जुन वैभव रहेको थियो, त्यो वैभवको मूल्य, मान्यता एकीकृत राज्यले गरेको व्यवहार अहिले कर्णालीमा त्यही रुपमा रहेका कारणले मोर्चाको आवश्यकता भएर पुर्न ब्युँताउनु परेको अध्यक्ष गणेश भण्डारीले बताए ।

 ‘कर्णालीका एकीकृत शाह वंशीय राज्यले जुन व्यवहारका कारणले पछाडि परेको थियो,’ उनले भने, ‘त्यसका अवशेष अहिले पनि रहेका छन् । त्यसले यो मोर्चाको आवश्यकता रहेको छ ।’

यो मोर्चामा माओवादी केन्द्रको मात्र नभएर सबै विचारधारा बोक्ने बस्न सक्ने,  यो मोर्चा खुल्ला बहसको मोर्चा रहने र यसले कर्णालीका तत्कालीन जनजिविका यहाँको विकास निर्माण लगायतका नागरिकका सवाललाई उडान गर्ने अध्यक्ष भण्डारीले बताए ।

 ‘यसका बुद्धिजीवी, शिक्षक, पत्रकार नागरिक समाज तथा अन्य विचारधारा बोक्ने पार्टीका मान्छे पनि रहन्छन्,’ उनले भने, ‘यो विशुद्ध माओवादीको मात्रै मोर्चा हैन ।’

मोर्चाले अध्यक्ष भण्डारीको संयोजकत्वमा प्रतिवेदन र सह–संयोजक सेजुवालको संयोजकत्व विधान समिति गठन गरेको छ । यसले आगामी जेष्ठ १ गते कर्णाली प्रदेशका दशवटै जिल्लामा एकसाथ भेला सम्पन्न गर्ने, आगामी जेष्ठ ५ गते राजधानी सुर्खेतमा एक विशाल अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरिएको अध्यक्ष भण्डारीले बताए । उनका अनुसार आगामी जेष्ठ २० गते सम्म सम्पूर्ण पालिकाहरुमा भेलाहरु सम्पन्न गर्ने, बिकृति, विसंगति, भष्ट्रचारका बिरुद्ध तथा जनजीविका तथा विकास निमार्ण लगायत जनसरोकार बिषयहरुमा संघर्षका कार्यक्रमहरु तय गरिएको छ ।

आगामी भाद्र १५ गतेबाट कर्णाली मुक्ति मार्च प्रारम्भ गर्ने, आत्मनिर्भर ढंगले संगठन संचालन तथा परिचालन गर्न एक विषेश कोष निर्माण तथा उत्पादन मूलक कार्य संचालन गर्ने, मोर्चाको केन्द्रीय कार्यालय सुर्खेतको वीरेन्द्रनगर, विशेष कार्यालय जुम्लाको सिन्जा र सम्पर्क कार्यालय काठमाण्डौंमा स्थापना गर्ने निर्णय गरिएको अध्यक्ष भण्डारीको भनाई छ ।

‘कर्णालीका उत्पीडित, उपेक्षित, भक्तिकामी जनता एक होऔँ’ भन्ने नारा तय गरेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १२ : ४२ बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र