सांसद ढकालको प्रस्ताव- नेपाललाई ‘माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाऔँ « Khabarhub

सांसद ढकालको प्रस्ताव- नेपाललाई ‘माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाऔँ


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– नेकपा एमालेका सांसद एकनाथ ढकालले नेपाललाई ‘माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउन आग्रह गरेका छन् ।

संसद्को आजको बैठकमा बोल्दै सांसद ढकालले सो आग्रह गरेका हुन् । नेपाल सरकारले यही  मे १६ देखि १८ सम्म काठमाडौँमा आयोजना गर्न लागेको सगरमाथा संवादको तयारीमा सांसदहरूलाई पनि परिचालन गरियोस् भन्दै सुझाव दिने क्रममा सो धारणा राखेका हुन् ।

‘पहिलो,  हिमाली देशहरूको वास्तविकता र आवश्यकतालाई संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन फ्रेमवर्क कन्भेन्सनको नीतिगत एजेन्डामा स्थान दिन सकोस् र नेपाललाई वातावरणीय कूटनीतिमा सशक्त बनायोस्  ।  हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको गम्भीर र तीव्र प्रभावहरूबारे अन्तर्राष्ट्रिय समुदायमा जागरूकता अभिवृद्धि गरोस्,’ उनको सुझाव रहेको छ, ‘दोस्रो, हिमाली क्षेत्रका राष्ट्रहरूबीच जलवायु परिवर्तनले पारिरहेको बहु आयामिक प्रभावको विषयमा साझा समझदारी विकास गरोस् । 

‘तेस्रो, समावेशी तथा न्यायपूर्ण जलवायु नीतिहरू निर्माण प्रक्रियामा हिमाली राष्ट्रहरूको प्रभावकारी सहभागिता सुनिश्चित गरोस् । नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ को  रूपमा विकास गरोस्,’ उनको थप सुझाव रहेको छ, ‘चौथो, जलवायु सङ्कटसँग जुझ्न विकासोन्मुख राष्ट्रहरूलाई आवश्यक पर्ने जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गरोस् ।’
 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १ : १९ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने