सडक महोत्सवमा सवारी साधनले कुल्चिँदा क्यानाडामा ‘धेरै’ जनाको मृत्यु « Khabarhub

सडक महोत्सवमा सवारी साधनले कुल्चिँदा क्यानाडामा ‘धेरै’ जनाको मृत्यु


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यानाडाको भ्यान्कुभरमा आयोजित सडक महोत्सवमा सवारी साधनले कुल्चिँदा ‘धेरै’ जनाको ज्यान गएको छ । भ्यान्कुभरमा फिलिपिनो समुदायले मनाउने लापु–लापु पर्वका अवसरमा आयोजित सडक महोत्सवमा सहभागीलाई लक्षित गरी चालकले सवारी जोतेका थिए ।

भ्यान्कुभरको इस्ट ४१ एभिन्यू र फ्रेजर स्ट्रिटमा स्थानीय समयअनुसार शनिबार राति ८ बजे घटना भएको समाचार संस्था रोयटर्सले जनाएको छ । घटनामा कति जनाको हताहती भएको भन्ने अझै विवरण दिइएको छैन ।

क्यानाडाको राज्यसञ्चालित प्रसारक संस्था सीबीएसका अनुसार सडक महोत्सवमा रमाइलो गरिरहेका बेला कालो एसयूभी मानिसहरुलाई लक्षित गरी दौडाएका थिए । प्रहरीका अनुसार उक्त सवारी साधनका चालकलाई नियन्त्रणमा लिइएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले भ्यान्कुभरकै स्थानीय ३० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको बीबीसीले उल्लेख गरेको छ । घटनाप्रति क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले दुःख व्यक्त गरेका छन् ।

प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ । भ्यान्कुभर प्रहरीले घटनाबारे जानकारी हुनेलाई सम्पर्क गरी अनुसन्धानमा सहयोग गरिदिन पनि आग्रह गरेको छ ।

क्यानाडामा सामेबार संघीय निर्वाचन आयोजना हुँदैछ । निर्वाचनअघि भएको यस घटनालाई निकै चासौपूर्वक हेरिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १ : ११ बजे

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम