नेपाली संसद्‍मा कश्मीर आक्रमणको विरोध, सरकारलाई सांसदहरूको प्रश्न « Khabarhub

नेपाली संसद्‍मा कश्मीर आक्रमणको विरोध, सरकारलाई सांसदहरूको प्रश्न


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा गत मंगलबार जम्मू-कश्मीरको पहलगाममा २७ जनाको ज्यान जाने गरी भएको चरमपन्थी हमलाले प्रवेश पाएको छ ।

बैठकमा सांसद सराज अहमद फारुकीले भारतको पहलगाममा मंगलबार भएको चरमपन्थी हमलाको निन्दा गर्दै दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

सांसद फारुकीले देशभित्र सामााजिक सद्भावमा खलल पुर्‍याउने ध्येयले राप्रापाका सांसद ज्ञानेन्द्र शाहीले अभिव्यक्ति दिएर मुस्लिम समुदायको भावनमा ठेस पुर्‍याएको भन्दै आपत्ति जनाए ।

नेकपा मओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले सरकारको ध्यान नियुक्तिमा मात्रै केन्द्रित देखिएको आरोप लगाउँदै शिक्षकका जायज माग पूरा गर्नेतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद रामहरि खतिवडाले इजरायलमा काम गर्न गएका नेपाली विपिन जोशीको अवस्था अझै अज्ञात रहकाले खोजी र उद्धारको प्रयास हुनुपर्नेमा जोड दिए ।

सांसद ठाकुरप्रसाद गैरेले पनि भारतको जम्मू-कश्मीरमा आतङ्ककारीको हमलामा परी २६ जनाको निधन भएको घटनाको निन्दा गरेका छन् ।

सांसद रामकृष्ण यादवले वैशाख ११ गते धनुषाको सहिदनगर नगरपालिकामा आमा पवित्रा साह र तीन छोराछारीको निधन भएको घटनाप्रति दुःख व्यक्त गगरे । । उनले यो घटनाको छानबिन हुनुपर्ने माग गरे।

सांसद शेरबहादुर कुँवरले अछामका विभिन्न स्थानमा आगलागीका घटना बढेकामा चिन्ता व्यक्त गर्दै पीडितलाई क्षतिपूर्ति दिन माग गरे ।

सांसद तारा लामाले यही वैशाख ९ गते बेलडाँडी गाउँपालिकाका हरिकृष्ण रानाको विभत्स हत्या भन्दै दोषीलाई कारबाहीको माग गरे । उनले सरकारलाई शिक्षकका जायज माग सम्बोधन गर्न र शिक्षकहरूलाई व्यावहारिक हुन आग्रह गरे ।

सांसद असिम साहले सामाजिक सञ्जाल नेपालको कानुनअनुसार दर्ता भएर सञ्चालित हुनुपर्नेमा जोड दिँदै त्यस्ता कानुनमा भएका उल्झन हटाउन सुझाव दिए ।

सांसद ईश्वरबहादुर रिजालले जनताको सङ्घर्षबाट परास्त भएको राजतन्त्र नफर्कने उल्लेख गर्दै पश्चगामी सोच र चिन्तन जनतालाई सैह्य नहुने बताएका छन् ।

सांसद अनिता देवीले भारतको जम्मू-कश्मीरको पहलगाममा आतङ्कवादी आक्रमणमा एक नेपालीसहित दर्जनौँ पर्यटकको मृत्यु भएको घटनाको निन्दा गर्दै आतङ्कवादी गतिविधि निर्मुल पार्न विश्वसमुदाय एक हुनुपर्नेमा जोड दिइन् ।

सांसद किरणकुमार साहले भारतको जम्मू-कश्मीरस्थित पहलगाममा धर्मका आधारमा पर्यटकमाथि आक्रमण गरिनु निन्दनीय रहेको जनाउँदै आतङ्कवादी क्रियाकलाप जहिले पनि जुनकुनै स्थानमा हुने भएकाले त्यस्ता गतिविधि नियन्त्रणसम्बन्धी सरकारको रणनीति के छ भनि प्रश्न गरे ।

सांसद ज्वालाकुमारी साहले भारतको जम्मू-कश्मीरस्थित पहलगाम र काठमाडौँको तीनकुनेमा भएको घटना घटनाको भत्र्सना गर्दै त्यस्ता गतिविधि स्वीकार्य नहुने बताइन् ।

सांसद गणेश पराजुलीले पोखरा अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद छिरिङ डम्डुल लामाले बिमा प्राधिकरणको अध्यक्षमा नियुक्तका विषयमा भएका निर्णय प्रक्रियाबारे सदनलाई जानकारी गराउन माग गरे ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १ : ०१ बजे

शुक्लाफाँटाका तीन सामुदायिक विद्यालयमा ‘रेट्रोफिटिङ’ गरिँदै

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाभित्र रहेका तीन सामुदायिक विद्यालयमा आधुनिक प्रविधिमार्फत

सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत

महोत्तरी– महाेत्तरीको मनराशिस्वा नगरपालिका–३ सोनौल गाउँका लालबाबु भण्डारीले सयपत्री फूलखेतीबाट

महिला फुटबल : आज नेपाल र चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदै

इन्डोनेसिया – त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल

पर्यटकको आकर्षक केन्द्र बन्दै सुनसरीको ‘तालतलैया’

धरान- सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया अहिले

सिरी ‘ए’ विपक्षीको पोस्टमा जेमी भार्डीको दुई गोल

काठमाडौं – सोमबार राति भएको इटालीको सिरी ‘ए’मा क्रेमान्सेले बोलोग्नालाई