सडकमा उठेका आवाज सम्बोधन गर्न समयमै आवश्यक कानुन बनाउनपर्छ : अध्यक्ष दाहाल    | Khabarhub Khabarhub

सडकमा उठेका आवाज सम्बोधन गर्न समयमै आवश्यक कानुन बनाउनपर्छ : अध्यक्ष दाहाल   


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सडकमा व्यक्त असन्तुष्टिका आवाजहरूलाई सम्बोधन गर्न समयमा नै आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिएका छन् । 

राष्ट्रिय सभाको अठारौँ अधिवेशन शुभारम्भमा आइतबार राष्ट्रियसभामा मन्तव्य व्यक्त गर्दै अध्यक्ष दाहालले समयमै कानुन निर्माण गर्न नसक्दा ऐन कानुनको माग गर्दै सडकमा आन्दोलन भइरहेको भन्दै सडकमा व्यक्त असन्तुष्टिका आवाजहरूलाई सम्बोधन गर्न समयमा नै आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिए ।

नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानकै विरुद्धमा देखिएका गतिविधिहरूलाई नजिकबाट नियालिरहेको भन्दै उनले यस सन्दर्भमा सिंगो राष्ट्रिय सभा नै गम्भीर बन्न आवश्यक रहेको धारणा राखे । 

निर्माण गर्नुपर्ने कानुनहरू यथासम्भव टुङ्ग्याउन र नागरिक समस्या सम्बोधन गरी सुशासन कायम गर्न सबैको पहलकदमी र साझा प्रतिबद्धता आवश्यक रहेको उनले बताए ।

उनले सडकमा मुखरित विषयवस्तु र जनताले अपेक्षा गरेबमोजिम सेवा प्रवाह लगायतका विषयमा गम्भीर ढङ्गले विचार विमर्श गरी निष्कर्षमा पुग्नु सवैका जिम्मेवारी र कर्तव्य भएको जिकिर गरे ।  

दाहालले संघीय निजामती सेवा विधेयक, २०८०, विद्यालय शिक्षा विधेयक, २०८०, नेपाल प्रहरी विधेयक २०८१ लगायत अन्य महत्त्वपूर्ण विधेयकहरू राष्ट्रिय सभामा प्राप्त हुनासाथ प्राथमिकताका साथ कारबाही अगाडि बढ्ने र समयमै सभाबाट पारित हुने विश्वास व्यक्त गरे ।

चालू अधिवेशनमा देशको समग्र विकासलाई सरकारको नीति र विधिमार्फत निर्देशित गरी जनताको जीवनस्तर उकास्न राष्ट्रियसभा सदस्यहरूले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । 

यसअघि शुक्रबार बसेको चालू अधिवेशनको पहिलो बैठक सांसद दीपक बोहराको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै स्थगित गरिएको थियो । 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  २ : ०७ बजे

वनसमिति-कसरौल सडक जोखिमपूर्ण, स्थानीय भन्छन्- कुनबेला रुख खसेर टाउकामा बजारिने हो पत्तो छैन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाको नगर गौरवको योजना चक्रपथको उत्तरतर्फको सडकखण्डअन्तर्गत पर्ने

सहरी विकास मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक सम्पन्न

काठमाडौं– सहरी विकास मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडीएसी)

स्थानीय स्रोतको सही प्रयोग र परिचालन गरे देश आत्मनिर्भर हुन समय लाग्दैन : प्रचण्ड 

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले स्थानीय

एकीकृत समाजवादीले वामदेव गौतमलाई तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयतामा वरिष्ठ

साँझपख बदलिन्छ धरानको भानुचोक

धरान– बिहान उज्यालो हुनासाथ साँझ अबेरसम्म धरानको भानुचोक यात्रुहरूका लागि