नेप्से परिसूचकमा सामान्य सुधार, १० अर्ब बढीको कारोबार « Khabarhub

नेप्से परिसूचकमा सामान्य सुधार, १० अर्ब बढीको कारोबार


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ५८ अङ्कले बढेर दुई हजार छ सय ६१ दशमलव ६० को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १४ कम्पनीको दुई करोड ८४ लाख ३८ हजार चार सय २८ कित्ता शेयर ८९ हजार एक सय ६१ पटक खरिदबिक्री हुँदा १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ३८, जलविद्युत् एक दशमलव शून्य छ, लगानी एक दशमलव ७७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४१, म्युचुअल फण्ड शून्य दशमलव २४ र व्यापार समूहको उपसूचक एक दशमलव १८ प्रतिशतले बढेको छ । अरु सबै समूहका उपसूचक घटेका छन् ।

बैंकिङ शून्य दशमलव ३९, विकास बैंक शून्य दशमलव शन्य दुई, वित्त एक दशमलव शून्य पाँच, जीवन बिमा शून्य दशमलव ११, लघुवित्त शून्य दशमलव ९४, निर्जीवन बिमा शून्य दशमलव ३३ र अन्य समूहको उपसूचक शून्य दशमलव ५७ प्रतिशतले घटेको छ ।

नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य रु ८६ करोड १७ लाख ३८ हजार बराबर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ४ : १२ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर