शिक्षकहरूलाई सुमनाले भनिन्, ‘सरकारको तानाशाही प्रवृत्तिको विरोध गर्नुस्, दलको सदस्यता त्याग्नुस्’ « Khabarhub

शिक्षकहरूलाई सुमनाले भनिन्, ‘सरकारको तानाशाही प्रवृत्तिको विरोध गर्नुस्, दलको सदस्यता त्याग्नुस्’


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकहरूमाथि आइतबार भएकव सरकारी दमनको विरोध गरेकी छिन् ।

चैत २० देखि शान्तिपूर्ण आन्दोलनको क्रममा पहिलो पटक एक पत्रकारसहित ६३ जना शिक्षक घाइते हुने गरी भएको झडपपछि सुमनाले यसो भनेकी हुन् ।

उनले आन्दोलन प्रति ऐक्यबद्ता जनाउँदै श्रेष्ठले सरकारको तानाशाही प्रवृत्ति र चरित्रलाई अस्वीकार गर्न अपिल गरेकी छन् ।

शिक्षक साथीहरू,

जो नेताहरूलाई तपाईंहरूले बुइँमा चढाई-चढाई सबैतिर पुर्याउनुभयो, आज वहाँहरूले तपाईंहरूमाथि गरेको दमनले वहाँहरूको नैतिकता र चरित्रबारे उदाङ्गो पारिदिएको होला।

सदनमा र भाषणमा राजनीतिकर्मीहरू जस्तो सुकै गरेर प्रस्तुत भए पनि, तपाईंहरूलाई कसरी हेरिन्छ – अब त बुझ्नुस् ।

पहिले देशको व्यवस्था परिवर्तन गर्न तपाईंहरूले विभिन्न काल खण्डमा योगदान दिनु भयो। तपाईहरुले व्यवस्था परिवर्तन गर्दा देशको नेतृत्व सम्हाल्नेहरूको संस्कार परिवर्तन गर्न भने हामी अहिलेसम्म असफल देखिएका छौ।अब यो संस्कार परिवर्तन गर्न तपाईंहरू पनि शामेल हुनुस् ।

यत्रो दिन आन्दोलनरत रहँदा समेत तपाईंहरूसँग राम्ररी न वार्ता गर्न सक्ने, न त तथ्यगत आधारमा नेगोसियस गर्न सक्ने – तपाईंहरूको आत्मसम्मानमा लागेको चोटलाई पनि सम्झेर अब त मनन गर्नुहोस्, यो तानाशाह प्रवृत्ति र चरित्रलाई अस्वीकार गर्नुहोस्।

अब पनि तपाईंहरूले सत्य र न्यायको पक्ष लिनुहुन्छ भने पार्टीको सदस्यता त्यागिदिनुहोस् ।

अब तपाईंहरूले छान्ने बेला आयो। विधिसम्मत बस्नुहुन्छ कि, अझै पनि कुनै राजनीतिकर्मी वा पार्टीको छत्रछायाँमा बसी रहनुहुन्छ ?

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ४ : २८ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल फागुन १९ गते मंगलबार फागुन

मौन अवधि सुरु हुँदा बालेनको स्टाटस- ‘मेरो देशलाई शुभकामना’

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको

आज २०८२ साल फागुन १९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १९ गते मंगलबार फागुन

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता