‘सुदन किरातीको मन्त्री पद प्रचण्डले होइन, प्राधिकरणका डीजीले खाइदिए’ « Khabarhub

‘सुदन किरातीको मन्त्री पद प्रचण्डले होइन, प्राधिकरणका डीजीले खाइदिए’


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले दोषीलाई पुरस्कार र निर्दोषलाई दण्डित गरिँदा अहिलेको व्यवस्थाप्रति जनतामा वितृष्णा बढेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्ने क्रममा सिंहले नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नै तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीको जागिर खाइदिएको दाबी गरेका छन् ।

‘सुदन किरातीको जागिर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजीले खाइदिएको होइन, त्यहाँको डिजी (नागरिक उड्ययन प्राधिकरण) ले खाइदिएको हो । यो कुरा हामीले देखेका छौँ’, उनले भने ।

उनले त्यसक्रममा नेताहरूले पैसाका लागि गैरकानुनी कामलाई बढावा दिइरहेको आरोप पनि लगाएका छन् ।

सिंहले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा अरबौँ रुपैयाँ ऋण लिइएको पनि बताए ।

उनले ती विमानस्थल ऋणमा बन्दा जनकपुर विमानस्थल किन बनेन भनेर पर्यटनमन्त्री बद्री पाण्डेलाई प्रश्न गरेका छन्।

‘मधेशको राजधानीस्थित जनकपुर विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा किन स्तरोन्नति गर्न सक्नुभएन ?’, उनले भने ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ४ : ४२ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा