बाढीसम्बन्धी पूर्वसूचना दिन तालगाउँमा साइरन जडान | Khabarhub Khabarhub

बाढीसम्बन्धी पूर्वसूचना दिन तालगाउँमा साइरन जडान


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मनाङ– नासोँ गाउँपालिका–१ तालगाउँमा मर्स्याङ्दी नदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसिएस) ले बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ । 

गाउँपालिका र एचडिसिएसको सहकार्यमा २६ लाख रुपैयाँको लागतमा तालगाउँमा साइरन जडान गरेपछि स्थानीय विपद्बाट बच्ने भन्दै खुसी भएका छन् ।

विसं २०७८ असार १ मा मनाङमा भीषण वर्षा भयो । वर्षासँगै आएको बाढीले मर्स्याङ्दी नदी किनारका कैयौँ स्थानीयलाई घरबार विहित बनायो । बाढीले क्षतिग्रस्त भएपछि लामो समयसम्म गाउँले पालमुनि बस्न बाध्य भएका थिए । 

बाढीले सबैभन्दा बढी नासोँ गाउँपालिका–१ ताल गाउँमा क्षति पुर्‍याएको थियो । नासोँ–१ का वडाध्यक्ष मीनरासी गुरुङका अनुसार तालगाउँमा ६३ परिवार छन् । मर्स्याङ्दी नदी किनारासँगको बस्ती भएकाले यहाँका अधिकांश घरमा बाढी पसेको थियो । पटक पटक बाढी आउँदा लाखौँको धनमाल गुमाएका तालगाउँवासीले अब विपद् आउनु पूर्व सूचना पाउने भएपछि खुसी भएका हुन् ।  

वडाध्यक्ष मीनरासी गुरुङले साइरन जडानपछि वर्षाको समयमा गाउँले ढुक्कसँग निदाउन पाउने भएको भन्दै खुसी व्यक्त गरिन् । लमजुङसँग सीमा जोडिएको तालगाउँलाई विपद्बाट जोगाउन पूर्व सूचना दिने साइरन जडान गरिएको एचडिसीएसका मनोसामाजिक परामर्शदाता शोभा ठकुरीले जानकारी दिइन् । उनका अनुसार नासोँ–८ को धारापानीमा राखिएको एक यन्त्रले मर्स्याङ्दी नदीमा पानीको सतह मापन गर्नेछ ।

स्वचालित उक्त यन्त्रले मर्स्याङ्दी नदीमा खतराको सतह पार गरेको सङ्केत गर्नासाथ साइरन बज्न थाल्ने ठकुरीले बताइन् । साइरन तालगाउँभरि सुनिने गरी राखिएको छ । साइरनसँगै खतराको सङ्केतको सूचना मोबाइल एसएमएसबाट पनि जाने प्रबन्ध गरिएको उनले उल्लेख गरिन् ।

यदि विद्युत् आपूर्ति बन्द भएमा, इन्टरनेट बन्द भएमा पनि कटुवालमार्फत  खतरासम्बन्धी सूचना गाउँलेले थाहा पाउने छन् । स्थानीय सुरक्षित स्थानतर्फ जान सक्ने प्रबन्ध गरिएको ठकुरीले जानकारी जानकारी दिइन् । 

सुरक्षित स्थानका लागि स्थानीय फुटबल खेल मैदानलाई प्रयोग गर्ने गरी स्थानीय गाउँमा रहेको मर्स्याङ्दी युवा क्लबसँग समन्वय गरिएको छ । यसअघिको डुबानका बेलामा पनि उक्त ठाउँमा पानी सतह पुग्न सकेको थिएन ।

साइरन जडानपछि स्थानीय जनप्रतिनिधि, आमा समूह, युवा क्लबका पदाधिकारी, प्रहरी र स्वास्थ्य चौकी तथा स्थानीय बासिन्दालाई एक दिने प्राथमिक मनोसामाजिक सहयोगसम्बन्धी तालिम पनि दिइएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ४ : ४२ बजे

जेन-जी घाइतेहरूले भेटे गृहमन्त्री र आइजीपी कार्कीलाई 

काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बिहीबार गृहमन्त्री ओमप्रकाश

सवारी दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– शंखरापुर नगरपालिका-५ पालुवारीस्थित सडकमा बा.६५ प ७९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री

स्वास्थ्यमन्त्री र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूबीच आपसी सहयोगबारे छलफल 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले नेपालको

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं– कैलालीको धनगढी उपमहानगरपालिका-३ चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २

अमेरिकी करको प्रभाव घटाउन भारतद्वारा ५ अर्ब डलरको निर्यात प्रवर्द्धन योजना घोषणा

एजेन्सी– भारत सरकारले अमेरिकी उच्च भन्सार करको असर न्यून पार्दै