एसियाको सबैभन्दा ठूला खुला स्रोत प्रविधिको सम्मेलन नेपालमा हुने  « Khabarhub

एसियाको सबैभन्दा ठूला खुला स्रोत प्रविधिको सम्मेलन नेपालमा हुने 


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी साउनमा काठमाडौंमा एसिया क्षेत्रको सबैभन्दा ठूला खुला स्रोत प्रविधि सम्मेलनहरू मध्यको एक युबुकन एसिया २०२५, आयोजना गर्ने भएको छ । 

विश्वभरका प्रविधि विज्ञहरू सहभागी हुने यस सम्मेलनमा सिलिकन भ्याली, युरोप र एशियाका विभिन्न प्रविधि केन्द्रहरूबाट २० भन्दा बढी सूचना प्रविधि प्रशिक्षकहरूले सत्र सञ्चालन गर्नेछन् ।

यो नेपालमा यति ठूलो खुला स्रोत सम्मेलन पहिलो पटक आयोजना हुन लागेको हो । सम्मेलनका संयोजक आदित्य सिंहका अनुसार हालसम्म १५ भन्दा बढी मुलुकका ७० भन्दा बढी प्रस्तुतीकरण प्रस्तावहरू प्राप्त भइसकेका छन्, तर नेपाली सहभागिता थप बढाउने प्रयास जारी छ ।

यो घोषणा मार्च ३० मा सेंट जेवियर कलेज, सम्मेलन स्थलमा अन्तर्राष्ट्रिय आयोजक टोलीसँगको बैठकमा गरिएको थियो ।

सम्मेलनमा ३० मिनेटका प्राविधिक प्रस्तुतीकरण, ९० मिनेटका कार्यशाला (वर्कसप) र छोटो लाइटनिङ टक जस्ता विभिन्न ढाँचाका सत्रहरू रहनेछन् । कृत्रिम बुद्धिमत्ता, क्लाउड पूर्वाधार र साइबर सुरक्षा जस्ता विषयहरू समेटिने गरी ६ वटा विषयगत ट्रयाकहरू तय गरिएको छ ।

सम्मेलनको लागि ‘अर्ली बर्ड दर्ता मे महिनादेखि आधिकारिक युबुकन एसिया पोर्टल र स्थानीय टिकटिङ साझेदारमार्फत खुल्नेछ । 

सम्मेलनले सहभागीहरूलाई ‘मेन्टोरशिप राउन्ड टेबल’ र अन्य अतिरिक्त गतिविधिहरूमा पनि सहभागी हुने अवसर प्रदान गर्नेछ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ५ : २८ बजे

कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि