एसियाको सबैभन्दा ठूला खुला स्रोत प्रविधिको सम्मेलन नेपालमा हुने  « Khabarhub

एसियाको सबैभन्दा ठूला खुला स्रोत प्रविधिको सम्मेलन नेपालमा हुने 


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी साउनमा काठमाडौंमा एसिया क्षेत्रको सबैभन्दा ठूला खुला स्रोत प्रविधि सम्मेलनहरू मध्यको एक युबुकन एसिया २०२५, आयोजना गर्ने भएको छ । 

विश्वभरका प्रविधि विज्ञहरू सहभागी हुने यस सम्मेलनमा सिलिकन भ्याली, युरोप र एशियाका विभिन्न प्रविधि केन्द्रहरूबाट २० भन्दा बढी सूचना प्रविधि प्रशिक्षकहरूले सत्र सञ्चालन गर्नेछन् ।

यो नेपालमा यति ठूलो खुला स्रोत सम्मेलन पहिलो पटक आयोजना हुन लागेको हो । सम्मेलनका संयोजक आदित्य सिंहका अनुसार हालसम्म १५ भन्दा बढी मुलुकका ७० भन्दा बढी प्रस्तुतीकरण प्रस्तावहरू प्राप्त भइसकेका छन्, तर नेपाली सहभागिता थप बढाउने प्रयास जारी छ ।

यो घोषणा मार्च ३० मा सेंट जेवियर कलेज, सम्मेलन स्थलमा अन्तर्राष्ट्रिय आयोजक टोलीसँगको बैठकमा गरिएको थियो ।

सम्मेलनमा ३० मिनेटका प्राविधिक प्रस्तुतीकरण, ९० मिनेटका कार्यशाला (वर्कसप) र छोटो लाइटनिङ टक जस्ता विभिन्न ढाँचाका सत्रहरू रहनेछन् । कृत्रिम बुद्धिमत्ता, क्लाउड पूर्वाधार र साइबर सुरक्षा जस्ता विषयहरू समेटिने गरी ६ वटा विषयगत ट्रयाकहरू तय गरिएको छ ।

सम्मेलनको लागि ‘अर्ली बर्ड दर्ता मे महिनादेखि आधिकारिक युबुकन एसिया पोर्टल र स्थानीय टिकटिङ साझेदारमार्फत खुल्नेछ । 

सम्मेलनले सहभागीहरूलाई ‘मेन्टोरशिप राउन्ड टेबल’ र अन्य अतिरिक्त गतिविधिहरूमा पनि सहभागी हुने अवसर प्रदान गर्नेछ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ५ : २८ बजे

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुर पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने