शिक्षकमाथि सरकारको अपमान पीडादायी र आपत्तिजनक : चन्द्र भण्डारी « Khabarhub

शिक्षकमाथि सरकारको अपमान पीडादायी र आपत्तिजनक : चन्द्र भण्डारी


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आइतबार शिक्षकहरूमाथि दमन गरेपछि चौतर्फी विरोध भएको छ ।

विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने मागसहित २७ दिनदेखि आन्दोलित शिक्षकमाथि आइतबार प्रहरीले नयाँबानेश्वर क्षेत्रमा पानीको फोहोरा र लाठी प्रहार गरेको थियो ।

आन्दोलित शिक्षक महासंघसँग सरकारले गम्भीरतापूर्वक वार्तामा चासो नदिइरहेका बेला आइतबार प्रहरी लगाएर दमन गरेपछि सत्तारुढ नेताहरू नै विरोधमा उत्रिएका छन् ।

कांग्रेस नेता एवम् सांसद डा. चन्द्र भण्डारीले मातातीर्थ औ‍ँसीका दिन शिक्षकहरूमाथि भएको बल प्रयोगलाई निन्दनीय भनेका छन् ।

‘कमी कम्जोरी हामी सबैका छन् । समयमै शिक्षकका माग सामाजिक सम्मानका सम्बोधन हुनुपर्थ्यो । जुन कुरा संसदीय समितिमा पटक पटक उठेको पनि हो’, उनले भने, ’सबै पक्ष सहमत पनि हुनुहुन्थ्यो । अहिले म बिछ्यौनामा छु । बिन्ती छ, सरकारसँग, ‘शिक्षकलाई आन्दोलनको मैदानबाट हटाउने माध्यम संवाद नै हो बल प्रयोग होइन’, उनले भनेका छन् ।

भण्डारीले आइतबार आमाको मुख हेर्ने पवित्र दिनमा शिक्षारूपी ज्ञान प्रदान गर्ने जीवनको दोस्रो आमा शिक्षकमाथि अपमानलाई अत्यन्त पीडादायी घटना भनेका छन् । ‘आमाबुवा र शिक्षकले आफ्नो क्षमताअनुसार नेपाली समाज र हामीलाई केही न केही दिएकै छन् ।’

आइतबार निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले हस्तक्षेप गर्दा २७ जनाभन्दा धेरै शिक्षक घाइते भएका छन् । एकजना पत्रकारको पनि आँखामा गहिरो चोट लागेको छ।

तर पनि अझै सरकारले शिक्षकलाई गम्भीरतापूर्वक वार्तामा ल्याउन सकेको छैन । त्यहीकारण शिक्षकहरूको आन्दोलन महिना दिन काट्न लाग्दा पनि समाधान निस्केको छैन ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ६ : १२ बजे

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट