प्रचण्डको निष्कर्ष- देश एक पटक फेरि माओवादीमय हुँदै गयो « Khabarhub

प्रचण्डको निष्कर्ष- देश एक पटक फेरि माओवादीमय हुँदै गयो


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश माओवादीमय हुँदै गएको बताएका छन् ।

आइतबार बाँकेको राप्ती सोनारीस्थित फत्तेपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले देश प्रचण्डमय भइसकेको बताएका हुन् ।

माओवादीको पक्षमा आएको उभार जोगाउन सकिन्छ कि सकिँदैन भन्नेमात्रै आफूहरूलाई डर रहेको प्रचण्डले बताए ।

‘माओवादी फेरि एक पटक जनतासँग जोडिएको छ, वर्गसँग जोडिएको छ । करोडौँ जनता फेरि माओवादीसँग जोडिए । जनताको उत्साह, कार्यकर्ताको उत्साह देश माओवादीमय भएको देखेँ मैले’, उनले भने, ‘मलाई अलिअलि डर लाग्छ कहिलेकाँही, प्रचण्डमयजस्तो भइरहेको छ अहिले देशै । यसलाई थाम्न सकिन्छ कि सकिँदैन, जिम्मेवारी पूरा गर्न सकिन्छ कि सकिँदैन ? जनताले फेरि भारी बोकाएको महसुस भएको छ ।’

देशका सबै उत्पीडित वर्गको हक अधिकार, उनीहरूको आत्मसम्मान तथा पहिचानका लागि लडाईं लडेर आएको पनि प्रचण्डले बताए ।
माओवादीले सही विचारको आधारमा जनतासँग घनिष्ठ सम्बन्ध बनाएर लडाइँ जितेको उनले बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीको सपना रहेको उनले बताए। प्रचण्डले संघीयता उल्ट्याउने, गणतन्त्रमा धावा बोल्ने, जनताको अधिकार खोस्ने भनेर स्याल हुइँया मच्चाइएको बताए ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : ३१ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने