एमाले महासचिव भन्छन्- वार्ता सकारात्मक बन्दै गर्दा शिक्षक आन्दोलनलाई मुठभेटमा लैजाने षड्यन्त्र भयो « Khabarhub

एमाले महासचिव भन्छन्- वार्ता सकारात्मक बन्दै गर्दा शिक्षक आन्दोलनलाई मुठभेटमा लैजाने षड्यन्त्र भयो


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखर पोखरेलले शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थअनुरूप मुठभेटमा लैजाने षडयन्त्र भएको बताएका छन् ।

आइतबार काठमाडौंमा प्रदर्शनका क्रमामा भएको उच्छृङ्खल गतिविधिप्रति टिप्पणी गर्दै पोखरेलले शिक्षक आन्दोलनलाई मुठभेटमा लैजाने तत्त्वहरूको चलखेलले दुःखद अवस्था सिर्जना भए बताए ।

उनले घटनामा घाइते शिक्षक, पत्रकार र प्रहरीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

शिक्षक नेतृत्व वार्ताबाट सहमतिमा पुग्न कोसिस गरिरहँदा वार्तासमेत सकारात्मक दिशामा अघि बढेका बेलाको मुठभेट नियोजित भएको पोखरेलको ठहर छ ।

‘शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थअनुरूप मुठभेटमा लैजाने षडयन्त्रविरुद्धमा महासंघको नेतृत्व थप सचेत हुनु पर्दछ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको पालना सरकार र शिक्षक दुवैको दायित्व भएको उनले प्रष्ट पारेका छन् ।

‘वार्ताबाट सहमतिमा पुग्नुको विकल्प छैन, दुवै पक्ष गम्भीर ढङ्गले वार्तामा बसौँ र सहमति गरेर मात्र वार्ताबाट उठौँ’, पोखरेलले भनेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : ५० बजे

बीपी क्यान्सर अस्पताल नेतृत्वका लागि सात चिकित्सक प्रतिस्पर्धामा

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीपी कोइराला मेमोरियल क्यान्सर

अर्थमन्त्रीको चुनौती- करमा बदमासी गरेको प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छु

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनसम्बन्धी कर निर्धारणमा सूचना

आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

चन्द्रपुर– चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी टिप्न र

हर्कको पुरानै अडान : प्रधानमन्त्रीले सदनमा आएर माफी माग्नै पर्छ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रतिनिधि सभाको बिहीबार

ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम