एमाले महासचिव भन्छन्- वार्ता सकारात्मक बन्दै गर्दा शिक्षक आन्दोलनलाई मुठभेटमा लैजाने षड्यन्त्र भयो « Khabarhub

एमाले महासचिव भन्छन्- वार्ता सकारात्मक बन्दै गर्दा शिक्षक आन्दोलनलाई मुठभेटमा लैजाने षड्यन्त्र भयो


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखर पोखरेलले शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थअनुरूप मुठभेटमा लैजाने षडयन्त्र भएको बताएका छन् ।

आइतबार काठमाडौंमा प्रदर्शनका क्रमामा भएको उच्छृङ्खल गतिविधिप्रति टिप्पणी गर्दै पोखरेलले शिक्षक आन्दोलनलाई मुठभेटमा लैजाने तत्त्वहरूको चलखेलले दुःखद अवस्था सिर्जना भए बताए ।

उनले घटनामा घाइते शिक्षक, पत्रकार र प्रहरीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

शिक्षक नेतृत्व वार्ताबाट सहमतिमा पुग्न कोसिस गरिरहँदा वार्तासमेत सकारात्मक दिशामा अघि बढेका बेलाको मुठभेट नियोजित भएको पोखरेलको ठहर छ ।

‘शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थअनुरूप मुठभेटमा लैजाने षडयन्त्रविरुद्धमा महासंघको नेतृत्व थप सचेत हुनु पर्दछ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको पालना सरकार र शिक्षक दुवैको दायित्व भएको उनले प्रष्ट पारेका छन् ।

‘वार्ताबाट सहमतिमा पुग्नुको विकल्प छैन, दुवै पक्ष गम्भीर ढङ्गले वार्तामा बसौँ र सहमति गरेर मात्र वार्ताबाट उठौँ’, पोखरेलले भनेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : ५० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने