बनेपामा नवदुर्गा जात्रा सम्पन्न « Khabarhub

बनेपामा नवदुर्गा जात्रा सम्पन्न


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – बनेपामा तीन दिनदेखि सञ्चालन भएको नवदुर्गा जात्रा आज सम्पन्न भएको छ । जात्राका क्रममा आज साँझ देवगणले नवदुर्गाको भेषमा नाचसँगै ‘माछा मार्ने’ काम सकेर जात्रा सम्पन्न गरिएको हो ।

विशेषगरी बनेपा नगरपालिका–७ स्थित तीनधारा डबलीमा समापनका अवसरमा भएको नवदुर्गा जात्रामा नवदुर्गाको भेषमा देवगणहरूको नाच हेर्न स्थानीयको भीड लागेको थियो । जात्राका क्रममा श्वेतभैरवले मान्छेरूपी माछा (स्थानीय व्यक्ति)लाई समात्न खोज्ने र जात्रामा सरिक स्थानीय मुखमा हातले थपथपाएर आवाज निकाल्दै भाग्ने चलन रहेको छ । यसरी भागेकालाई श्वेतभैरवले पक्रन खोज्ने भएकाले देवगणद्वारा पक्रियो भने ‘अपसकुन’ हुने डरले व्यक्तिहरू भागिरहने प्रचलन रहिआएको छ ।

नवदुर्गा जात्रा बनेपाबाहेक काभ्रेपलाञ्चोकको पनौती, धुलिखेल, चौकोट, श्रीखण्डपुरलगायत स्थानमा पनि लाग्ने प्रचलन रहेको छ । यस्तै, बनेपामा जात्रा सकिएपछि ‘नवदुर्गा’ पनौती जाने मान्यता छ । जात्राको संस्कृतिअनुसार वैशाख महिनामा भक्तपुरबाट नवदुर्गाको आगमन हुने र नवदुर्गाले तीन दिनसम्म विभिन्न हाउभाउका साथ ऐतिहासिक सहर बनेपाका डबलीहरूमा नृत्य देखाउने गर्छन् ।

नवदुर्गाको आगमन हुँदा स्थानीयले आ–आफ्ना घरबाट विशेष पूजा सामग्रीसहित पूजा गर्छन् । श्रद्धालुले पञ्चबली दिने, नवदुर्गा देवगणलाई भोजन गराउनेसमेत गर्छन् । स्थानीय कान्छामान रंजितका अनुसार यस जात्राको मुख्य आकर्षण ‘ङा–लाकेगु’ अर्थात् माछा मार्नु हो । माछा मार्ने जात्रा देखाउने क्रममा विभिन्न बोल, बाजागाजाको तालमा देवगणबाट नाच प्रस्तुत गरिन्छ । यसअघि वरपर पैसा (दक्षिणा) माग्ने र त्यसपछि मात्रै माछा मार्ने जात्रा प्रारम्भ गरिन्छ ।

पहिले जात्रामा सरिक युवालगयात मान्छेलाई देवताले लखेट्ने र दोस्रो चरणमा साँझपख श्वेतभैरवको ङा–लाकेगु नाच प्रदर्शन गरिन्छ । यस्तै, नाच प्रदर्शन पूर्व महाकाली र श्वेतभैरवको आकर्षक नृत्य देखाइन्छ । जात्रा अवधिभर स्थानीयले नवदुर्गाको पासुका (एक प्रकारको धागोको रङ्गीचङ्गी माला) र मोहनी (कालोटीका) लगाउने प्रचलन छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ८ : १७ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका