बनेपामा नवदुर्गा जात्रा सम्पन्न « Khabarhub

बनेपामा नवदुर्गा जात्रा सम्पन्न


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – बनेपामा तीन दिनदेखि सञ्चालन भएको नवदुर्गा जात्रा आज सम्पन्न भएको छ । जात्राका क्रममा आज साँझ देवगणले नवदुर्गाको भेषमा नाचसँगै ‘माछा मार्ने’ काम सकेर जात्रा सम्पन्न गरिएको हो ।

विशेषगरी बनेपा नगरपालिका–७ स्थित तीनधारा डबलीमा समापनका अवसरमा भएको नवदुर्गा जात्रामा नवदुर्गाको भेषमा देवगणहरूको नाच हेर्न स्थानीयको भीड लागेको थियो । जात्राका क्रममा श्वेतभैरवले मान्छेरूपी माछा (स्थानीय व्यक्ति)लाई समात्न खोज्ने र जात्रामा सरिक स्थानीय मुखमा हातले थपथपाएर आवाज निकाल्दै भाग्ने चलन रहेको छ । यसरी भागेकालाई श्वेतभैरवले पक्रन खोज्ने भएकाले देवगणद्वारा पक्रियो भने ‘अपसकुन’ हुने डरले व्यक्तिहरू भागिरहने प्रचलन रहिआएको छ ।

नवदुर्गा जात्रा बनेपाबाहेक काभ्रेपलाञ्चोकको पनौती, धुलिखेल, चौकोट, श्रीखण्डपुरलगायत स्थानमा पनि लाग्ने प्रचलन रहेको छ । यस्तै, बनेपामा जात्रा सकिएपछि ‘नवदुर्गा’ पनौती जाने मान्यता छ । जात्राको संस्कृतिअनुसार वैशाख महिनामा भक्तपुरबाट नवदुर्गाको आगमन हुने र नवदुर्गाले तीन दिनसम्म विभिन्न हाउभाउका साथ ऐतिहासिक सहर बनेपाका डबलीहरूमा नृत्य देखाउने गर्छन् ।

नवदुर्गाको आगमन हुँदा स्थानीयले आ–आफ्ना घरबाट विशेष पूजा सामग्रीसहित पूजा गर्छन् । श्रद्धालुले पञ्चबली दिने, नवदुर्गा देवगणलाई भोजन गराउनेसमेत गर्छन् । स्थानीय कान्छामान रंजितका अनुसार यस जात्राको मुख्य आकर्षण ‘ङा–लाकेगु’ अर्थात् माछा मार्नु हो । माछा मार्ने जात्रा देखाउने क्रममा विभिन्न बोल, बाजागाजाको तालमा देवगणबाट नाच प्रस्तुत गरिन्छ । यसअघि वरपर पैसा (दक्षिणा) माग्ने र त्यसपछि मात्रै माछा मार्ने जात्रा प्रारम्भ गरिन्छ ।

पहिले जात्रामा सरिक युवालगयात मान्छेलाई देवताले लखेट्ने र दोस्रो चरणमा साँझपख श्वेतभैरवको ङा–लाकेगु नाच प्रदर्शन गरिन्छ । यस्तै, नाच प्रदर्शन पूर्व महाकाली र श्वेतभैरवको आकर्षक नृत्य देखाइन्छ । जात्रा अवधिभर स्थानीयले नवदुर्गाको पासुका (एक प्रकारको धागोको रङ्गीचङ्गी माला) र मोहनी (कालोटीका) लगाउने प्रचलन छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ८ : १७ बजे

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर