बुमराहको शानदार प्रदर्शनमा मुम्बईको लगातार पाँचौँ जित | Khabarhub Khabarhub

बुमराहको शानदार प्रदर्शनमा मुम्बईको लगातार पाँचौँ जित


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जसप्रीत बुमराहको शान्दार प्रदर्शनमा मुम्बई इन्डियन्सले लखनऊ सुपर जायन्ट्सलाई ५४ रनले पराजित गरेको छ।

लखनऊले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । यस्तोमा पहिले ब्याटिङको निम्तो पाएको मुम्बईका लागि सूर्यकुमार यादव र रियान रिक्लेटनले अर्धशतकीय पारी खेले । दुवैको अर्धशतकीय मद्दतले मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै २१५ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको लखनऊको टोली २० ओभरमै १६१ रनमा समेटियो।

मुम्बईका लागि जसप्रीत बुमराहले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिएर चट्काए। उनले यससँगै लसिथ मलिङ्गालाई पछि पार्दै फ्रेन्चाइजका सबैभन्दा सफल बलर बने। ट्रेन्ट बोल्टले ३ विकेट, विल ज्याक्सले २ विकेट र कोभिन बोशले १ विकेट लिए।

लखनऊका लागि एडेन मार्करम, निकोलस पुरन, कप्तान, मिचेल मार्श, डेभिड मिलर लगायतका ब्याट्सम्यानले आशा जगाए पनि मुम्बईको कडा बलिङसामु टिक्न सकेनन्।

पछिल्लो समयमा रवि बिश्नोईले दुई छक्का प्रहार गरेर संघर्ष गरे पनि लखनऊले हार टार्न सकेन । मुम्बईले जारी सिजनमा लगातार पाँचौँ जित निकालेको छ । यससँगै मुम्बई १२ अंकसिहत तालिकाको दोस्रो स्थानमा पुगेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ८ : ०४ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’