बुमराहको शानदार प्रदर्शनमा मुम्बईको लगातार पाँचौँ जित « Khabarhub

बुमराहको शानदार प्रदर्शनमा मुम्बईको लगातार पाँचौँ जित


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जसप्रीत बुमराहको शान्दार प्रदर्शनमा मुम्बई इन्डियन्सले लखनऊ सुपर जायन्ट्सलाई ५४ रनले पराजित गरेको छ।

लखनऊले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । यस्तोमा पहिले ब्याटिङको निम्तो पाएको मुम्बईका लागि सूर्यकुमार यादव र रियान रिक्लेटनले अर्धशतकीय पारी खेले । दुवैको अर्धशतकीय मद्दतले मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै २१५ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको लखनऊको टोली २० ओभरमै १६१ रनमा समेटियो।

मुम्बईका लागि जसप्रीत बुमराहले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिएर चट्काए। उनले यससँगै लसिथ मलिङ्गालाई पछि पार्दै फ्रेन्चाइजका सबैभन्दा सफल बलर बने। ट्रेन्ट बोल्टले ३ विकेट, विल ज्याक्सले २ विकेट र कोभिन बोशले १ विकेट लिए।

लखनऊका लागि एडेन मार्करम, निकोलस पुरन, कप्तान, मिचेल मार्श, डेभिड मिलर लगायतका ब्याट्सम्यानले आशा जगाए पनि मुम्बईको कडा बलिङसामु टिक्न सकेनन्।

पछिल्लो समयमा रवि बिश्नोईले दुई छक्का प्रहार गरेर संघर्ष गरे पनि लखनऊले हार टार्न सकेन । मुम्बईले जारी सिजनमा लगातार पाँचौँ जित निकालेको छ । यससँगै मुम्बई १२ अंकसिहत तालिकाको दोस्रो स्थानमा पुगेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ८ : ०४ बजे

बैंकिङ कसुर मुद्दामा पनि दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

काठमाडौं– व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत

थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै, इक्वेडरलाई जितको दबाब

काठमाडौं- विश्वकप फुटलबमा समूह ‘इ’ अन्तर्गत शनिबार हुने दोस्रो चरणका

महाधिवेशनको मुखमा रविलाई ठूलो राहत, सबै अदालतबाट गम्भीर अपराधका मुद्दा फिर्ता

काठमाडौं- पहिलो महाधिवेशनमा होमिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

सरकारको नीतिले फेरिएको हुलाक सेवा : घरघरमै सरकारी कागजात पुर्याउन यसरी भयो सम्भव

काठमाडौं– सरकारी सेवा नागरिकको घरदैलोमै उपलब्ध गराउने लक्ष्यसहित हुलाक सेवा