‘हेराफेरी- ३’ विवाद : परेशले फिर्ता गरे पैसा « Khabarhub

‘हेराफेरी- ३’ विवाद : परेशले फिर्ता गरे पैसा


१३ जेष्ठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिट बलिउड फिल्म ‘हेराफेरी’को सिक्वेल ‘हेराफेरी-३’को दर्शकले प्रतिक्षा गरिरहेका छन् । अर्को तर्फ यो फिल्म निर्माणको काम गिजोलिएको छ । परेश रावल र नायक अक्षय कुमारको मनमुटावले यो अवस्था सिर्जना भएको हाे ।

यो फिल्म निर्माणको घोषणा हुँदा दर्शक उत्साहित बनेका थिए । तर, छायाङ्कन नजिकिँदै गर्दा टिममा फुट आएकाेमा दर्शक निराश बनेका छन् । झन्, अहिले यो फिल्मको छायाङ्कन अनिश्चिततातर्फ धकेलिएको छ ।

ठोस कारण नखुलाइ परेशले यो फिल्मबाट बाहिरिने निर्णय सार्वजनिक गरेका थिए । उनी यस सिक्वेलको शीर्ष मध्येका एक कलाकार हुन् ।

यो सिक्वेलका मुख्य पात्रहरु बाबु राव, घनश्याम र राजु हुन् । उनीहरुको दोस्ती नै यो फिल्मको रोचक पक्ष हो ।

बाबु रावको भूमिका निर्वाह गर्ने गरेका परेश नै यो फिल्मबाट बाहिरिएपछि स्वभाविक रुपमा छायाङ्कन प्रभावित बन्न पुगेको हो ।

फिल्मबाट निस्कने परेशको निर्णय विवादित बनेको छ । केही दिनअघि यस सिक्वेलको प्रडक्सन हाउसले अक्षय नेतृत्वको केप अफ गुड फिल्मसले २५ करोड क्षतिपूर्तिको माग गर्दै कानुनी पत्र पठाएको खबर बाहिरिएको थियो ।

उनले सम्झौता गरेर फिल्म नगरेको भन्दै उक्त क्षतिपूर्ति माग गरिएको थियो ।

अहिले यो विवादले नयाँ रुप लिएको छ । परेशले आफ्नो कानून व्यवसायीमार्फत अक्षयको कम्पनीलाई क्षतिपूर्ति तिरेका छन् ।

बलिउड हंगामाका अनुसार परेशले अग्रिम भुक्तानीले लिएको भारतीय रुपैयाँ ११ लाख र १५ प्रतिशतका दरले त्यसको ब्याज पनि तिरेका हुन् । उनले क्षतिपूर्ति स्वरुप थप केही रकम पनि पठाएको बुझिएको छ ।

अक्षयको तर्फबाट क्षतिपूर्ति बुझेको खबर भने अहिलेसम्म बाहिरिएको छैन । परेशले फिल्मबाट बाहिरिने आफ्नो निर्णयलाई उचित दाबी गरेका छन् ।

यो विकसित घटनाले परेश फिल्ममा नरहने सम्भावना झन् बढ्दै गएको छ । यस सिक्वेलका फ्यान यो घटनाबाट दुखी देखिन्छन् । उनीहरुको भनाइ छ- ‘परेश बिना हेराफेरी अपूर्ण हुन्छ ।’

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ६ : ३३ बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले