आज २०८२ साल जेठ १३ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ १३ गते मंगलबारको राशिफल


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ १३ गते मंगलबार। जेठ कृष्ण पक्षको औंसी तिथि। शनिदेवको जन्म जयन्ती। तदनुसार सन् २०२५ मे २७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष: दिन धेरै राम्रो छ। धनस्थानमा चन्द्रमा पुगेकाले डुब्न लागेको सम्पत्ति प्राप्त हुनेछ। व्यापारमा सहकर्मीले साथ दिनेछन्। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष: राज्यले सम्मान गर्नेछ। साथीको साथ मिल्नेछ। सोचेको काम बन्नेछ। आम्दानीका स्रोत प्रशस्त भएकाले कृषितर्फको व्यापारमा मिहिनेत गर्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मिथुन: आज तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। सन्तानबाट सन्तुष्टि प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ।

कर्कट: दिन सामान्य राम्रो छ। साथी नै विरोधमा सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। व्यापारमा गरेको मिहिनेतबाट भने फाइदा हुनेछ। शिक्षा क्षेत्रको श्रमको मूल्यांकन हुनेछ। धार्मिक व्यक्तिसँग भेट हुनेछ।

सिंह: कर्मस्थानमा चन्द्रमा पुगेका छन्। सोचेको काम गर्नु उचित हुनेछ। सानो कुराले झन्झट बढे पनि मिहिनेतलाई निरन्तरता दिनुपर्नेछ। राज्यको माथिल्लो तहबाट त्रास बढ्नेछ।

कन्या: स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। सफलताका लागि शिक्षा क्षेत्रमा थप श्रम गर्नुपर्ने देखिन्छ। परिवार भन्दा साथीले तपाईंको प्रशंसा बढी नै गर्नेछन्।

तुला: गुम्न लागेको धन हाता लाग्ने दिन छ। शिक्षामा थप मिहिनेत गर्नुपर्नेछ। विपक्षी साथीको सहयोगमा सोचेको काम बन्नेछ। विपक्ष साथीको विरोधको आवाज सुन्नुपर्ने हुनसक्छ।

वृश्चिक: पारिवारिक घुमघाम तय हुनेछ। परिवारसँग रमाइलो गर्ने दिन छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ। प्रेम सम्बन्ध भने जोखिमपूर्ण रहेको छ।

धनु: दिन सामान्य छ। चन्द्रमा गलत ठाउँमा बसेकाले हरेक कुरामा बाधा आइपर्ने जोखिम छ। आफन्त भनेका व्यक्तिबाट तपाईंलाई बदनाम गराउने काम हुनसक्ने जोखिम छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

मकर: दिन राम्रो छ। स्वास्थ्यले साथ दिनेछ। शिक्षामा सुधारको बाटो खुल्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। विपक्षीसँग धेरै तर्क नगर्नु उचित हुनेछ।

कुम्भ: सञ्चित धन खर्च हुनेछ। यात्रामा अनावश्यक झन्झट आइपर्ने हुनसक्छ। खर्च बढ्नेछ। साथीसँग थोरै बोलेर अगडि बढ्नु उचित हुनेछ। संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ।

मीन: तपाईंको राशिमा शनिदेव पुगेकाले ठुलो निर्णय गर्दा बौद्धिक व्यक्तिको साथ लिनुपर्नेछ। राजनीतिक क्षेत्रमा विरोधी सक्रिय छ। शिक्षा क्षेत्रको मिहिनेत र गहिरो अध्ययनले निर्णायक भूमिका निर्वाह गर्नेछ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ५ : ०० बजे

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको