पन्जाब आईपीएलको क्वालिफायरमा : मुम्बईले इलिमिनेटर खेल्ने | Khabarhub Khabarhub

पन्जाब आईपीएलको क्वालिफायरमा : मुम्बईले इलिमिनेटर खेल्ने


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुम्बई इन्डियनविरुद्ध सात विकटको जित निकाल्दै पन्जाब किङ्स इन्डियन प्रिमियर लिग (आईपएिल)को पहिलो क्वालिफायरमा प्रवेश गरेको छ।

सुरुमा ब्याटिङ गरेको मुम्बईले दिएको १८५ रनको लक्ष्य पछ्याएको पन्जाबले ९ बल बाँकी रहँदा तीन विकेटको क्षतिमा १८७ रन बनाएको हो।

पन्जाबको जितमा प्रियांश आर्य र जोस इङ्लिसले दोस्रो विकेटका लागि गरेको १०९ रनको साझेदारी महत्त्वपूर्ण साबित भएको थियो।

जोस इङ्लिसले ४२ बलमा ७३ तथा आर्यले ३५ बलमा ६२ रन जोडे। यी दुवैलाई माइकल सान्टनरले आउट गरे। जसप्रित बुमराहले चार ओभरमा २३ रन खर्चेर एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले सात विकेटको क्षतिमा १८४ रनको योगफल खडा गरेको थियो। मुम्बईका लागि सूर्यकुमार यादवले ५७ रनको योगदान गरे। ३९ बलको सामना गरेका उनको पारीमा ६ चौका र दुई छक्का समावेश थियो।

कप्तान हार्दिक पाण्डेले १५ बलमा २६ तथा नमन धिरले १२ बलमा २० रन जोडे। विजयी पन्जाब क्वालिफायरमा प्रवेश गर्दा मुम्बईले इलिमिनेटर खेल्ने पक्का भएको छ।

लिग चरणको अन्तिम खेल लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर बंगलोरुका बीचमा हुनेछ। सो खेलमा बंगलोरु विजयी भएमा क्वालिफायर प्रवेश गर्नेछ भने लखनउ विजयी भएमा गुजरात टाइटनले पहिलो क्वालिफायर खेल्नेछ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ६ : ०१ बजे

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र