पन्जाब आईपीएलको क्वालिफायरमा : मुम्बईले इलिमिनेटर खेल्ने « Khabarhub

पन्जाब आईपीएलको क्वालिफायरमा : मुम्बईले इलिमिनेटर खेल्ने


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुम्बई इन्डियनविरुद्ध सात विकटको जित निकाल्दै पन्जाब किङ्स इन्डियन प्रिमियर लिग (आईपएिल)को पहिलो क्वालिफायरमा प्रवेश गरेको छ।

सुरुमा ब्याटिङ गरेको मुम्बईले दिएको १८५ रनको लक्ष्य पछ्याएको पन्जाबले ९ बल बाँकी रहँदा तीन विकेटको क्षतिमा १८७ रन बनाएको हो।

पन्जाबको जितमा प्रियांश आर्य र जोस इङ्लिसले दोस्रो विकेटका लागि गरेको १०९ रनको साझेदारी महत्त्वपूर्ण साबित भएको थियो।

जोस इङ्लिसले ४२ बलमा ७३ तथा आर्यले ३५ बलमा ६२ रन जोडे। यी दुवैलाई माइकल सान्टनरले आउट गरे। जसप्रित बुमराहले चार ओभरमा २३ रन खर्चेर एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले सात विकेटको क्षतिमा १८४ रनको योगफल खडा गरेको थियो। मुम्बईका लागि सूर्यकुमार यादवले ५७ रनको योगदान गरे। ३९ बलको सामना गरेका उनको पारीमा ६ चौका र दुई छक्का समावेश थियो।

कप्तान हार्दिक पाण्डेले १५ बलमा २६ तथा नमन धिरले १२ बलमा २० रन जोडे। विजयी पन्जाब क्वालिफायरमा प्रवेश गर्दा मुम्बईले इलिमिनेटर खेल्ने पक्का भएको छ।

लिग चरणको अन्तिम खेल लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर बंगलोरुका बीचमा हुनेछ। सो खेलमा बंगलोरु विजयी भएमा क्वालिफायर प्रवेश गर्नेछ भने लखनउ विजयी भएमा गुजरात टाइटनले पहिलो क्वालिफायर खेल्नेछ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ६ : ०१ बजे

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी