युक्रेन मुद्दामा ट्रम्प भावनामा बहकिएको रुसको आरोप « Khabarhub

युक्रेन मुद्दामा ट्रम्प भावनामा बहकिएको रुसको आरोप


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


876
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भावनामा बहकिएको आरोप लगाएको छ। युक्रेन मुद्दाको विषयलाई लिएर ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनलाई पागलको संज्ञा दिएपछि रुसले यस्तो प्रतिक्रिया जनाएको हो।

युक्रेनमा ३६७ ड्रोन तथा मिसाइल प्रहार गरेर १३ जनाको ज्यान गएपछि ट्रम्पले पुटिनलाई सामाजिक सञ्जालमा नै उनलाई केही भइरहेको बताएका थिए।

पुटिनका प्रवक्ता डिमिट्री पेस्कोभले यसलाई ट्रम्पको धेरै दौडधुपका कारण उत्पन्न भावनात्मक संवेगको रूपमा व्याख्या गरेका छन्।

यसैबीच जर्मन चान्सलर फ्रेडरिच मर्जले युक्रेनका सहयोगीले सहयोग गरेको आएको निश्चित दुरीको हतियारको साटो किभ टाउरस मिसाइल दिने बताएका छन्।

शनिबार र आइतबारको २४ घण्टामा ३६७ मिसाइल प्रहार गर्दै १३ जनाको ज्यान लिएको रुसी सेनाले त्यसको एक दिनपछि आइतबार र सोमबारको युक्रेनको विरुद्धमा ३५५ ड्रोन प्रहार गर्दै १० जनाको ज्यान लिएको छ।

JPG converted with https://ezgif.com/webp-to-jpg

रुसी रक्षा मन्त्रालयले त्यहाँको एयर सिस्टमले थुप्रै रुसी क्षेत्रमा प्रहार गरिएका २० ड्रोन नास गरिएको जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमणमा कुनै सैन्य सोच नभएको बताउँदै लगातार युद्ध मच्चाउने र धेरेको ज्यान लिने नीति मात्र रुसको भएको आरोप लगाएका छन्।

रोयटर्सका अनुसार थप सहयोगका लागि वार्ता गर्न जेलेन्स्की बुधबार बर्लिन जाँदै छन्। यसबारे सबै कुरा पक्का भइसकेको छैन ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ६ : ३१ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज