प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण पेस गरिने | Khabarhub Khabarhub

प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण पेस गरिने


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ जे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१–०८२ को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।

यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने छन् ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पेस गर्नेछिन् । 

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ६ : ४७ बजे

म प्रहरी कार्यालय तोडफोडमा संलग्न थिइनँ : उपार्जुन चाम्लिङ

काठमाडौं– जेन–जी कोशी (प्रदेश १) का संयोजक उपार्जन चाम्लिङले आफू

अन्तर्राष्ट्रिय पर्यटन दिवस : ढुक्क छैनन् ठमेलका व्यवसायी (तस्बिरहरू)

काठमाडौं– नेपालकै प्रमुख पर्यटन क्षेत्र ठमेल हरेक वर्ष यो सिजनमा

काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान

काभ्रे– २०८१ साल असोजको विपदमा आवाससमेत गुमाएका जिल्लाका पीडितहरूको अस्थायी

आज आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजाआराधना गरिँदै

काठमाडौं– आज आश्विन शुक्ल पञ्चमी । दिनका हिसाबले आज छैटौँ

चितवनको चुम्लिङटारमा ट्रक दुर्घटना, एकजना घाइते

चितवन– पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा ट्रक दुर्घटना