राप्रपा नेपाल केन्द्रीय समितिको विस्तारित बैठक बस्दै, आन्दोलन तयारीबारे छलफल गर्ने « Khabarhub

राप्रपा नेपाल केन्द्रीय समितिको विस्तारित बैठक बस्दै, आन्दोलन तयारीबारे छलफल गर्ने


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको जिल्ला अध्यक्ष सहितको केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले आन्दोलन सम्बन्धी रणनीति र कार्ययोजना सहितको कार्यपत्र प्रस्तुत गर्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

उनले बैठकमा सहभागी हुन अधिकांश केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरू काठमाडौं आइसकेको र केही आज बिहान आइपुग्ने बताए । 

आजको बैठकमा जेठ १५ गतेदेखि सुरु गर्ने आन्दोलन केन्द्रित विषयमा मात्र छलफल हुने उनको भनाइ छ ।

आन्दोलनलाई व्यवस्थित, प्रभावकारी र शान्तिपूर्ण बनाउन बैठकमा अध्यक्ष थापाले निर्देशनात्मक अभिव्यक्ति दिने बताइएको छ । 

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ७ : ३४ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक